• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइतेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने: मन्त्री पोखरेल




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो साँझ आएको हावाहुरीबाट घाईते भएकाहरुलाई भेट गर्नुभएको छ । बारा र पर्साबाट उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएका घाइतेलाई भेटेर मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

घाइतेलाई भेटेपछि मन्त्री पोखरेलले सात जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइतेको उपचार स्वास्थ्यकर्मीले सूक्ष्म ढंगले गरिरहेको पनि उहाँले बताउनुभयो ।

सबैं स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न उहाँले चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । घाईतेहरुको सम्पुर्ण उपचार खर्च राज्यले व्योर्होने मन्त्री पोखरेलले बताउनुभयो । “घाइतेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । खर्चको चिन्ता लिनुपर्दैन,” उहाँले भन्नुभयो ः घाइतेको उपचार राज्यले गर्छ । संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबैं सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।

Facebook Comments