• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘नाट्यश्वर म्यूजिक अवार्डमा भिडियो सम्पादनको अवार्ड डिसीलाई




‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को आधुनिक भिडियो सम्पादन विधा तर्फबाट भिडियो सम्पादक अविनास डिसीले उपाधि जितेका छन् ।

नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले सम्पादक डिसीको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. ११ कटाह निवासी डिसीले आधुनिक ‘सातै जन्म’ गीतको सम्पादनबाट यो अवार्ड हात पारेका हुन् । यस अगाडी डिसीले लोकदोहोरी ‘अछुत’ गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्डको उपाधि हात पारेका थिए ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको र अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

बिगत लामो समय देखि विभिन्न कारणले मिति सर्दै आएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ चैत्र १७ गते काभ्रेको बनेपामा सम्पन्न भएको थियो ।

Facebook Comments