• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नमूना विद्यालय बनाउन भैसाहीमा पढाइ महोत्सव




कोठा खुल्ने वित्तिकै प्राथमिक विद्यालय भैसाही, घोराही १७ का अनिस चौधरीले दलिनमा टंगाएको झुम्का लामै समय हेर्नुभयो । विद्यालयले शुक्रवार पढाई महोत्सव चलाएको थियो, चौधरीले प्रदर्शनिका लागि झुम्का बनाउनुभएको थियो । शनिवार विद्यालय पुगेका चौधरी देखेर मख्ख पर्नुभयो । कोठा भित्र पस्ने जो कोहिलाई खुशि तुल्याउने सामग्री विद्यार्थीले बनाएका छन् ।

महोत्सवमा प्रदर्शन गरीएका सामग्री कक्षा कोठाभित्र लहरै सजाएर राखिएको छ । विद्यालयका प्रअ वसन्तराज अधिकारी आफ्ना वालवालिकाले बनाएका सामग्रीलाई चमत्कारीक भएको टिप्पनी गर्नुहुन्छ । वालवालिकाले माटोका अनेकौँ सामग्री बनाएका छन् जसमा चुलो, ढिकि, जाँतो, विभिन्न जनावरहरु, चरा चुरुङगी छन् । यसैगरी कागजका टोपी, फुल, प्वाँख, चोया र काठका हलो जुवा, डोका, पेरुङगा मोकारो लगाएत अनेकौ सामग्री बनाएका छन् ।

उनिहरुका सामग्री संकलन गरेर विद्यालयले शुक्रबार łपढाई महोत्सव łअभिवावक भेला र शै स २०७५ को नतिजा प्रकाशन कार्यक्रम गरेको थियो । अभिवावकले आफ्ना बच्चाको कला कौशल हेरे र खरर्र पढेको सुने । पढाइको प्रतिस्पर्धा बाट प्रथम स्थान कक्षा तिनका मुबिन मियाले हासिल गर्नुभयो, दोस्रो कक्षा २ सेलीसा चौधरी र तृतिय स्थान कक्षा २ का सुमन चौधरी प्राप्त गर्नुभयो । कक्षा एक देखि तिन सम्मका विद्यार्थीको पुस्तक पढ्ने प्रतियोगिता गराइएको थियो । विद्यार्थीले गित तथा नृत्य मार्फत कार्यक्रमलाई रोमाञ्चीत बनाएका थिए ।

अरु महोत्सव जस्तै विद्यालय क्षेत्र सजिसजावट गरेपनि त्यहाँ विद्यार्थीको हस्तकला चित्रकला राखिएका थिए । होटल तथा अन्य कुनै व्यापार थिएन । गत १२ गते परिक्षा सकेको विद्यालयले १५ गते नतिजा प्रकाशन गरेर छिटो छरीतोको रहेको उदाहरण प्रस्तुत गरेको थियो । नतिजा कम्प्युटरमा सेटिङ गरेर आधुनिकताको परिचय दिएको छ ।

प्रमुख अतिथिको रुपमा जानुभएका शिक्षा युवा तथा खेलकुद महाशाखा घोराहीका हुमबहादुर केसीले घोराही उपमहानगर भित्रको नमुना विद्यालय बन्न सक्ने भनेर टिप्पनी गर्नुभयोे । जुन विद्यालयमा गएपनि उत्कृष्ठ हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । वालमैत्री विद्यालय भनेर प्रशंसा गर्नुभयो । यसगरी पुर्व स्रोत व्यक्ति एवं पपनमावि भरतपुरका शिक्षक रामप्रसाद जैसी, प्रावि हरीद्धारका प्रअ कृष्ण प्रसाद आचार्य, अभिवावक सिर्जना चौधरी लगाएतले विद्यालयको प्रशंसा गर्नुभएको थियो ।

अवलोकन गर्न गोरक्षरत्ननाथ मावि चौघेराका प्रअ सेमलाल मल्ल, मावि होडवाङ सैघाका प्रअ देविबहादुर जीएम लगाएत धेरैले अवलोकन गर्नुभएको थियो ।

विद्यालय भने रंगरोगन गरेर चिटिक्क पारीएको छ । नर्सरी एलकेजी युकेजीका कक्षाहरु कार्पेट विच्छ्याएर सजिलो पारीएको छ । भित्तामा विभिन्न चित्र तथा अक्षारहरुका वोर्डले सजाएको छ । शिक्षकहरु आफैले पनि संकलन गरेका सामग्रीहरु छन् । गत २०७३ साल देखि प्रअ पदमा रहनुभएका अधिकारीले नमुना बनाउन पहल गरीएको बताउनुभयो । त्यसबेला विद्यार्थी ४० जनाको हाराहारीमा थिए ।

मर्ज गर्ने विद्यालयमा पर्दथ्यो । तिन वर्षको मेहनत पछि अहिले नाम लेखाएका एक सय ३१, र नियमीत उपस्थिति एक सय १२ विद्यार्थी रहेको जानकारी दिनुभयो । प्रअ अधिकारीले स्लाईडमार्फत विभिन्न दिवसमा गरेका सिर्जनात्मक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पाँच जना शिक्षक, एक जना वालविकास सका, एक जना कर्मचारी कार्यरत छन् र कक्षा नर्सरी, केजी, एक देखि ५ सम्म अध्यापन हुन्छ ।

अभिवावकले विद्यार्थी नियमित विद्यालय नपठाउने समस्या रहेको प्रअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भर्ना भएका जनि नियमीत उपस्थित हुन सके शिक्षकको तर्फबाट कुनै कमि आउन दिने छैन । अभिवावकले भक्तपुरतिर इटापार्न जाने, केहि ईण्डिया परिवारै जाने त्यतै दुई तिन महिना बसेर फर्किदा वच्चाका विद्यालय छुट्ने गर्छ ।

त्यस सगै कापी, कलम, किताव झोला, पानी र दिवा खाजा नल्याउने विद्यार्थी धेरै रहेको विद्यालयको भनाई छ । उनिहरु पैसा ल्याएर चाउ चाउ किन्न जान्छन् त्यसले फाइदा छैन । घरकै खाजा खाउन भनने विद्यालयको चाहना छ । आफ्ना वालवालिकालाई दैनिक कम्तीमा आधा घण्टासमय दिनुस र संगै राखेर पढ्न लगाउनुस्, वालवालिकालाई विद्यालय पठाउँदा नियमित सरसफाइ, सफा पोसाक किताव कापि कलम पिउने पानीको वोतल र खाजा सहित पठाउने गरौँ जस्ता नाराहरु लेखिएका व्यानर महोत्सवमा टाँगिएका थिए ।

बाहिरी वातावरण भने सुधार्नुपर्ने देखिन्छ । खुला क्षेत्र भएकाले शौचालयमा दिसा गर्ने विद्यार्थीकी अरु भन्ने प्रश्न छ । अपेक्षित सफा गन्ध नआउने शौचालय छैनन् । बरु दिसा प्यान बाहिरै भेटिन्छ । सबै भन्दा ठुलो कमजोरी विद्यालयले प्लाष्टिक जन्य फोहोर जलाएर नष्ट गर्छ । त्यसको धुवाँ कक्षा कोठा र कार्यालय भित्र सजिलै आउँछ । हप्तामा एक दिन शुक्रवार जलाउने क्रममा क्यान्सरका किटानुहरु विद्यालय परिवारले प्लाष्टिक जलाउँदा खान्छन् । कक्षा कोठामा डस्टविन भएपनि प्रयोगमा छैनन्, बच्चाहरुले बाहिरै फाल्छन् ।

खानेपानीको जग सहितको बाल्टी देखिँदैन । तारवार गरेर संरक्षण गर्ने, कुवाँको पानीलाई शुद्धिकरण गरेर प्युने हो भने विद्यालय क्षेत्र सुविधा सम्पन्नहरुको श्रेणीमा दर्जहुनेछ । महंगा कुर्सीहरुले अफिस सजाए जस्तै सजिला डेष्क बेञ्चले कक्षा कोठा मिलाउनु पर्छ । नमुनाको कसरथमा रहेको विद्यालयका प्रअ अधिकारीले तत्कालै सुधारर्ने पर्ने विषय हुन् ।

गत साल ६ जना विद्यार्थी निजि स्कुल छोडेर आएको प्रअ अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार नर्सरी, केजी, एक र दुई कक्षा सम्म अग्रेजी माध्याममा पढाई हुन्छ । आउदो शैक्षिक सत्र देखि तिन सम्म पढाउने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआरपी) को सहयोगमा पढाई महोतसव गरीएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तुलप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments