• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरभित्र सरकारी शिक्षकलाई निजीमा पढाउन रोक




घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा अनेत्र कोचिङ, ट्युसन र निजि विद्यालयहरुमा गएर पठन पाठन गर्नमा रोक लगाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आज बसेको ५२ औँ बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षकहरु अनेत्रै गएर पढाउने गरेको पाईएको भन्दै विहान १० देखी अपरान्ह ४ बजे सम्म विद्यालयमै रहने र अनेत्र गई कोचिङ, ट्युसन र निजि विद्यालयमा पढाउने कार्यलाई कडाईका साथ रोक्ने निर्णय गरेको हो ।

विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकहरु सँग समन्वय नै नगरी अनेत्र कोचिङ सेन्टर र प्राईभेट विद्यालयहरुमा गएर पढाउदा सम्बन्धित विद्यालयको पढाईमा गम्भिर असर परेपछि यस्तो निर्णय गरिएको प्रबक्ता तथा शिक्षा समिति संयोजक भरत अर्यालले जानकारी दिनुभयो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विद्यालय समयमा विद्यालयमै रहन र अन्य समयमा व्यवस्थापन समिति सँगै प्रधानाध्यापक सँगको अनुमति लिएर मात्रै कार्यहरु गर्न भन्ने गरी सबै विद्यालयमा पत्राचार गर्ने निर्णय भएको छ ।

यसैविच बैठकले चैत्र २१ गते गर्ने भनिएको नगरको सार्वजनिक सुनुवाई आगामी बैशाख ५ गते गर्ने निर्णय भएको छ । साथै घोराही उपमहानगरपालिका १६ को सार्वजनिक जग्गालाई गौशाला बनाउन वडा नम्बर १३, १४, १५ का अध्यक्ष र १६ का कार्यवाहक अध्यक्षहरुलाई अध्ययन गर्न जिम्मेवारी दिने निर्णय भएको प्रबक्ता अर्यालले जानकारी दिनुभयो ।।

Facebook Comments