• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ द्धारा ४८ लाख रुपैयाँ राजश्व संकलन




घोराही उपमहानगरपालिका वडा नं. १४ दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम घोराहीमा सम्पन्न भएको । सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ मा वडा कार्यालयलेले ४८ लाख १४ हजार ९ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७५ साउँन देखि फागुन मसान्त सम्म राजश्व संकलन गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । नयाँ व्यवसाय दर्ता, कारवाही दण्ड जरिवना बाफत उक्त राजश्व संकलन भएको डाँगीले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाईमा वोल्दै वडा अध्यक्ष डाँगीले वडाको लक्ष्य अनुसार राजश्व संकलन हुने अपेक्षा व्यक्त गर्नुभयो । डाँगीले

वडा कार्यालयले छनौट गरेका ५७ योजना मध्य १५ वटा सम्पन्न गरेको जानकारी दिनुभयो । १५ वटा योजना सम्पन्न गर्दा १४ लाख ७० हजार रुपैयाँको खर्च भैसेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।बाकी २२ वटा योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।आर्थिक बर्षका लागि वडा कार्यालयमा कुल ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

वडाले व्यक्तिगत घटना दर्ता तर्फ जन्मदर्ता १ सय १२, विबाह दर्ता २४, मृत्युदर्ता १६, सामाजिक सुरक्षा तर्फ ७ सय ७२, जेष्ठ नागरिक संख्या २ सय ८ जनाको सुचिकृत गरेको जनाएको छ । वडाले १ सय ६२ वटा नयाँ व्यवसाय दर्ता गराएको छ ।

त्यसैगरी, नगर स्तरीय ६ वटा योजना रहेको र केहीमा स्थानियको लागत सहभागितामा काम भैरहेको जानकारी दिईएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा टोल विकास संस्था सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्थानिय सरकारले तय गरेका योजना तथा कार्यक्रमलाई सबै मिलेर दिगो र सफल बनाउनु पर्ने बताएका थिए ।

साथै उनिहरुले कालोपत्रेको कामलाई समयमै सम्पन्न गर्न र बर्षायाममा काम नगर्न समेत सुझाब दिएका थिए ।

त्यसैगरी, विभिन्न करहरुका बारेमा अहिले पनि नागरिकहरुमा अन्यौलता रहेको भन्दै स्पष्ट पारेर मात्रै कर संकलन गर्न आग्रह गरेका छन ।कानुन भन्दा बाहिर कोहि पनि नहुने भन्दै उनिहरुले व्यवसाय दर्ता, राजस्व संकलन, सेवा प्रबाहमा सहजता र छिटो छरितो बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले सेवामा छरितो र विकासमा दिगोपना ल्याउन नागरिकहरुकै सहयोग आबस्यक रहेको बताएका छन ।त्यसैगरी, पूर्वाधार महाशाखा प्रमुख डिभिजन इन्जिनियर युवराज पौडेलले वडाबासीलाई विकास सँगै जोडिन र निगरानीमा बस्न आग्रह गर्दै अपनत्वको भाव नगरबासीमा हुनै पर्ने बताएका छन ।बागेश्वरी असलशासन क्लव बासको समन्वयमा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल, राष्ट्रिय जनमोर्चाका रामबहादुर जिएम लगाएतकाले वडाको विकास र समन्वयलाई थप प्रभावकारी बनाउन सुझाब दिएका छन । कार्यक्रमको सहजिकरण बासका अध्यक्ष नविन अभिलाषीले गरेका थिए ।

Facebook Comments