• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वाधार मन्त्रीद्वारा विभिन्न योजनाको अनुगमन




प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले आज घोराही क्षेत्रका विभिन्न विकास योजनाको अनुमगन गर्नुभएको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलगायतले निर्माणाधीन घोराही–स्वर्गद्वारी सडक, सर्रा–कुहिरेपानी सडकलगायतको अनुगमन गर्नुभएको हो ।

घोराही–स्वर्गद्वारी सडकमा तल्लो भागबाट एक करोड र मर्पेसहुँदै दुइ करोड प्रदेश सरकारको बजेट रहेको छ । त्यस्तै सर्रा–कुहिरेपानी सडकमा प्रदेश सरकारको दश करोड बजेट रहेको छ ।

अनुगमनका क्रममा मन्त्री चौधरीले विकास योजना समयमै सम्पन्न गर्न पूर्वाधार विकास कार्यालयका अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

साथै आवश्यक सहयोगका लागि स्थानीय सरकारलाई पनि उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारले गति लिन थालेको भन्दै उहाँले सबै विकास योजनामा स्थानीय जनताले सहयोग गर्नुपर्ने र गुणस्तरका लागि खबरदारी गर्नुपर्ने पनि बताउनुभयो ।

Facebook Comments