• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हाम्रो चाहना समानतासहितको तीब्र आर्थिक विकासः अध्यक्ष प्रचण्ड




नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताउनुभएको छ ।

लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी भएर नेपालको सामाजिक आर्थिक रुपान्तरणको एक अंग बन्दै आशा र समर्पणसहित यो ठाउँ छोडनु हुनेछ ।’

अध्यक्षले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सामाजिक आर्थिक विकासका लागि हाम्रो संविधानले हामीलाई कार्ययोजना दिएको छ । आर्थिक विकासमा नीजि क्षेत्रको भूमिकालाई स्थापित गराएका छौं । उत्साहजनक रुपमा अन्वेषणलाई सशक्त बनाउन र आर्थिक प्रभावकारितालाई सुनिश्चित गराउन हामी नीजि क्षेत्रलाई प्रबद्र्धन गराउन चाहन्छौं । नीजि क्षेत्रलाई सञ्चालन गर्न सक्ने उपयुक्त वातावरण सार्वजनिक क्षेत्रले सिर्जना गर्नुपर्दछ ।

आर्थिक विकासलाई सम्भव तुल्याउन सरकारले पनि महत्वपूर्ण र सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्छ । आर्थिक विकासका लागि नीजि क्षेत्रको भूमिका पनि उत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । सार्वजनिक क्षेत्र लगानी र जनताको सुरक्षालाई सुनिश्चित गराउन सामाजिक विकासको क्षेत्रमा केन्द्रित हुनु पर्दछ । सार्वजनिक क्षेत्रले बजारको समान प्रतिस्पर्धाको सुनिश्चित गराउनु पर्दछ । लाभ र जोखिमलाई प्रभावकारी रुपमा बाँडफाँड गर्न सार्वजनिक नीजि साझेदारी मोडलले उपयोगी हुन सक्छ ।’

उहाँले हामीले विदेशी लगानीको कुरा गरिरहँदा हामीले घरेलु नीजि क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । विदेशी लगानी घरेलु नीजि क्षेत्रको लगानीको प्रतिस्थापना होइन, परिपुरक हुन सक्छ र हुनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विदेशी व्यवसायबाट वित्त, ज्ञान, प्रविधि, बिधि, र आधुनिक साधनलाई परिचित गराउन नेपाली नीजि क्षेत्र तयार रहनु पर्दछ । नीजि क्षेत्र उत्पादकत्वलाई बढाउन र प्रभावकारीतालाई सुनिश्चित गराउन र सार्वजनिक क्षेत्रले सामाजिक सुरक्षा र सुरक्षालाई ध्यान दिनुपर्छ ।

निष्कर्षमा हामी लगानीकर्ताका जायज चासोहरुलाई सम्बोधन गर्न र ग्रहण गर्न खुला र तयार छौ । यो सम्मेलन नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि उपयुक्त लगानीमैत्री वातावरण बनाउन, साझा समस्याहरुलाई समाधान र साझा मुद्दामा छलफल गर्ने मञ्च भएको छ । ’

Facebook Comments