• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ भूमे गाउँपालिकाको दोस्रो चौमासिक प्रगति




रुकुमपूर्व भूमे गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ ।

पालिकाको चालू आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो चौमासिक अवधिसम्मको समीक्षा विषयकमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीले आ–आफ्नो तर्फबाट सम्बन्धीत व्यक्तिसँग सेवा प्रवाहका विषयमा प्रश्न, जिज्ञासा तथा सुझाव दिइएका थिए ।

सार्वजनिक सुनुवाईमा सहभागीले सूचना, सञ्चारको सारै नै समस्या तथा उपभोक्ता समिति मार्फत काम भइरहेका काम योजनाको प्रक्रियामा अन्योताले सताइ राखेकोे सहभागीको प्रश्न तथा जिज्ञासा रहेकोमा आगामी दिनमा उक्त रायलाई पूरा गर्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

पालिकाबाट स्थानीयलाई सेवाको गुणस्तरीय बडाउने, विकास योजनाको कार्यन्वयन विषयकमा सहभागीसँग सवाल जवाफ दिएर उहाँहरुको जिज्ञासा सम्बन्धीत व्यक्तिद्वारा समाधान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई मार्फत विकास योजना तथा सेवा प्रवाहमा गुणस्तरीय प्रदान हुनेमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमले विकास योजनाले तिव्रता पाउने र पारदर्शिता हुने सहभागी भूमे २ का नारायण पुनले भन्नुभयो । कुन–कुन वडामा कामको अवस्था तथा तुलना गरेर काममा सहि कार्यन्वयन भएर योजना सम्पन हुने पुनको भनाई रहेको थियो । ‘त्यसैगरी सहभागीले मादक पदार्थले घर गाउँमा घरेलु हिंसा तथा समाजमा विकृति, विसङ्गति फैलिराखेको र झै–झगडा निम्त्याउदै गएको छ’ भने, युवा त्यसैमा रोमोली राखेका छन् यसमा स्थानीय सरकारले निरन्त्रण गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएका हुन् ।’

वडा नम्बर १ देखि ७ सम्मका वडाले आफ्नो वडाको सेवा कामको तथ्याङ्क प्रस्तुत गरेका थिए । उक्त प्राप्त तथ्याङ्क र सहभागी नागरिक प्रतिवेदन सेवाको सन्तुष्ति वा असन्तुष्ति फारम अनुसार विभिन्न १० ओटा स्तम्भमा पहल कार्यक्रमका क्षेत्रीय सुशासन अधिकृत शम्भुजङ राणाले प्रस्तुत गरिदिनुभएको हो ।

जसअनुसारको विश्लेषण तथ्याङ्कमा पालिकाको सेवा प्रवाहमा ठिकै रहेको देखाईएको छ । भने सुधार गर्नुपर्ने न्यून अवस्थामै रहेको पाईएको हो । वडा नम्बर ८ र ९ ले तथ्याङ्क लिएका थिएनन् । भूमे गाउँपालिकाको आयोजना रहेकोमा आर्थिक सहयोग पहल कार्यक्रमले गरेको हो । कार्यक्रमको सहजिकरण कान्तिपुर दैनिकका संम्वाददाता हरि गौतमले गर्नुभएको थियो ।

Facebook Comments