• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघीय संरचनाअनुसार पहिलो पटक स्वास्थ्य संस्थामा क्षमता अभिबृद्धि तालिम




देश संघिय संरचना गएपछि दुर्गम हिमाली कालिकोटको एक गाँउपालिकाले देशमै पहिलो पटक स्थानिय स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समिति लाइ क्षमता अभिबृद्धि सम्वन्धी ३ दिने तालिम संचालनमा ल्याएको छ । गाँउपालिकामा नै स्वास्थ्य सेवालाइ सर्वसुलभ सेवा बनाउन यस तालिमको आयोजना गरिएको हो ।स्वास्थ्य क्षेत्र सुधार ल्याउनकोलागि गाँउपालिकाले एक पछि अर्को गतिविधी संचालन गर्दै आएको छ ।

देश संघियतामा गएपछि स्थानीय तहमा महत्वपूर्ण अधिकारहरु प्रत्यायोजित भएको सन्दर्भमा जिम्मेवारी पनि सोहि मुताविक थपिएको छ । यस्तो परिबर्तित सन्दन्दर्भमा स्वास्थ्य कार्यक्रमहरुको सफल र प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिको भूमिका अतिनै महत्व पूर्ण हुने भएकोले समय अनुकुल स्थानिय स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिको क्षमता अभिबृद्धि गर्ने कार्य बाट स्वास्थ्य क्षेत्रको सुशासन तथा सेवा प्रभाहमा प्रभावकारीता ल्याउन सकिने विश्वास आवश्यक भएको जनाइएको छ ।

कालिकोट जिल्लाको पचालझरना गाँउपालिकामा रहेको राम्नाकोट स्वास्थ्य चौकीमा देश संघिय संरचनामा गए पछि स्थानिय तह सम्म सेवालाइ सर्वसुलभ गराउन र गुणस्तरियरुपमा सेवाग्राहिलाइ स्वास्थ्य सेवा प्रदान गर्न यस तालिमको आयोजना गरिएको गाँउपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशिका र तालिम पाठ्याक्रम अनुसार देश संघिय संरचनामा गएपछि नेपालमा पहिलो पटक कालिकोट जिल्लाको पचालझरना गाउपालिकामा स्थानिय स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिलाइ तालिम प्रदान गरिएको छ । तीन दिने तालिमको सहजिकरण पाठ्क्रस परिमार्जन कार्यदलका सदस्य,परामर्श दाता तथा प्रमुख प्रशिक्षक दिपेन्द्र चौधरीले जानकारी दिए । स्थानिय तहको तथ्यमा आधारित योजना तर्जुमाको सात चरण सहितको यो तालिम प्याकेक संघिय संरचना पछि संचालन भएको पहिलो संस्था भएको समेत जिकिर गरे ।

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको तालिम पाठ्याक्रम अनुसार स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिको क्षमता अभिबृद्धि तालिममा स्वास्थ्य विकासको मुद्दा, स्वास्थ्यका सामाजिक निर्धारकहरु, सहश्राब्दी तथा दिगो विकास लक्ष्य, आधारभूत स्वास्थ्य सेवा, सेवाका न्यूनतम मापदण्डहरु र गुणस्तर स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा एक मौलिक हक र स्वास्थ्य सेवामा प्रदेश सरकार र स्थानीय सरकारको कार्य क्षेत्र, स्थानीय तहमा स्वास्थ्य संरचना र स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति को भूमिका तथा जिम्मेवारी, आकस्मिक स्वास्थ्य सेवा र प्रेषण व्यवस्थापन, स्रोत व्यवस्थापन, बहुक्षेत्रीय समन्वय र सहकार्य, स्वास्थ्य सेवामा लैंगिक समानता, सामाजिक समावेशीकरण र सुशासन, स्वास्थ्य अवस्था विश्लेषण र तथ्यमा आधारित योजना तर्जुमा, बैठक सञ्चालन प्रक्रिया तथा अभिलेख, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले गरेका कार्यहरुको स्व–मूल्यांकन, लगाएतका विषयमा सहजिकरण पश्चात स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिको कार्ययोजना निर्माण गरि समापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका नि. जिल्ला स्वास्थ्य प्रमुख हेमराज बमले जानकारी दिए ।
पचालझरना गाउपालिकामा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी को स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छताकालागि सामुदायिक सहकार्य परियोजनाले सहयोग गर्दै आइरहेको छ । यस तालिम संचालनको लागि धेरै प्रयास छलफल पछि मात्र संचालन गर्न सफल भएको नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगंजका अनुगमण तथा मुल्याङ्कन अधिकृत रेशम खडकाले जानकारी दिए ।

Facebook Comments