• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे गाउँपालिकाको आफ्नै लोगो




रुकुमपूर्व भूमे गाउँपालिकाले आफ्नो लोगो बनाएर प्रयोगमा लिएको हो । लोगो निर्माण गरेर प्रयोग गरेको एक वर्ष पुग्न लाग्दा पनि अन्य स्थानीय तहले भने कसैले बनाएका छैनन् । नेपाल सरकारको निशान छापसँगै भूमेले आफ्नो छ्ुट्टै सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक पहिचान झल्केने लोगो बनाएर प्रयोग गर्दैआएको छ ।

जस निर्माणका लागि गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गरेर प्रयोगमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । उक्त लोगो निर्माणको लागि गाउँ कार्यापालिकाबाट खुल्ला प्रतिस्पर्धाका लागि सूचना निकालेर आह्वान गरिएकोमा ६ वटा लोगोहरु प्राप्त भएको थियो । जसमा रुकुमपश्चिम मुसिकोट नगरपालिका २ का टेकबहादुर रोका र नेपालगञ्जका पुष्करराज बस्नेतले बनाउनुभएको लोगो छनोट गरी कार्यपालिकाले लोगो प्रयोगका लागि निर्माण गरिएको छ ।

रोकाले बनाउनुभएको डिजाइनमा बस्नेतको नारा ‘सफा र हरियालीः समृद्ध भूमे’लाई संयोजन गरेर कार्यपालिकाले लोगोको अन्तिम रुप दिइएको पालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘अहिले गाउँपालिकाले नेपाल सरकारको निशान छाप र गाउँपालिकाको लोगो दुबै प्रयोग गर्दै आएका छौँ’ अध्यक्ष बुढाले भन्नुभो, उक्त लोगोमा भूमे गाउँपालिकाको विभिन्न सामाजिक, सांस्कृतिक तथा भौगोलिक पहिचान झल्कने चित्र समेटिएको छ ।’

चुन्वाङ सहिद गेट, लालिगुराँस, मगर समुदायको पहिचान खुर्पेटो (खोर्लके)मा हसिया, गाउँपालिकाको नक्सा त्यसैगरी हिमाली जिल्ला भएका कारण हिमाल र कृषि उत्पादनको चित्र उल्लेख गरिएको छ । लोगो बनाउने रोका र बस्नेतलाई क्रमशः नगत १५ हजार र नगत ५ हजार रकम सहित प्रमाण पत्रले यसै आर्थिक वर्षमै पुरस्कृत गर्ने पालिकाले जनाएको छ । लोगोको लागि सूचना आह्वान गर्दा नै नगत २० हजार रकम प्रदान गर्ने भनिएको थियो ।

भूमे गाउँपालिकाले आफ्नो पहिचान सहितको लोगो निर्माण गरेर प्रयोग गरेपनि रुकुमपूर्वका २ स्थानीय तह र रुकुमपश्चिमका ६ वटै स्थानीय तहले कुनैले पनि बनाउन सकेको छैनन् ।

Facebook Comments