• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली प्रदेश सरकारका सचिवको विदाई




कर्णाली प्रदेश सरकारका सचिव यज्ञराज वोहोराको आज विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन सचिवको रुपमा कार्यरत वोहोराको गृह मन्त्रालयमा सरुवा भएपछि आज विदाई कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित विदाई कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव रामप्रशाद थपलियाले माला, अविर तथा मायाको चिनो प्रदान गरेर विदाई गर्नुभएको थियो । विदाई कार्यक्रममा वोल्दै प्रमुख सचिव थपलियाले सचिव वोहोराको कार्यक्षमताले प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी वनाउन ठुलो सहयोग पुगेको वताउनुभयो ।

प्रमुख सचिव थपलियाले सचिव वोहोराको आगामी कार्यक्षेत्र र कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

विदाई कार्यक्रमलाई सम्वोधन गर्दै सचिव वोहोराले प्रदेश सरकार स्थापनाको शुरुवाति चरणमा भौतिक पुर्वाधार, कर्मचारी, तथा कार्यालय व्यवस्थापन चुनौतिपुर्ण रहेको स्मरण गर्नुभयो । कर्मचारी र संरचनाको अभावका कारण शुरुमा टीप्पनी लेख्ने कागज र आफु वस्ने टेवलको व्यवस्था समेत आफैले गर्नुपरेको स्मरण गर्दै सचिव वोहोराले अहिले सरकारका सवै संरचनाहरु व्यवस्थित वनिसकेको वताउनुभयो ।

प्रदेश सरकार स्थापनाको अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सचिव वोहोराले राजनीतिक परिवर्तन पछि वनेको प्रदेश सरकारको संस्थापक सचिवको भुमिका निर्वाह गर्न पाउदा आफुलाई गौरवको अनुभुति भएको वताउनुभयो ।

प्रदेश सरकारका संरचना, कार्यालय तथा जनशक्ति व्यवस्थापनका लागि आफुलाई सहयोग गर्ने प्रदेश सरकारका पदाधिकारी तथा कर्मचारीलाई सचिव वोहोराले धन्यवाद दिनुभयो ।

यस अघि ९ जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका वोहोरालाई चैत्र ४ गतेको संघीय सरकारको मन्त्रीपरिषद वैठकले गृहमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सरल र मृदुभाषी स्वभावका वोहोराले निजामति सेवामा विवाद रहित कुशल प्रशासकको छवि वनाउनुभएको छ ।

Facebook Comments