• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निशुल्क शिविरमा पौने पाँच सयको आँखा जाँच




२ दिने सम्म नि शुल्क मोतिया बिन्दु आँखा शिविर पश्चिम बनगाड कुपिण्डे नगरपालिका स्वास्थ चौकी देवस्थल सल्यानमा सन्चालनमा भएको थियो ।

१२ र १३ गते सम्म सन्चालन भएको शिविरमा अन्तिम दिन ५ जनाको माइनर अप्रेसन ११८ मोतिया बिन्दु शल्यक्रिया गरिएको छ भने२ सय जना पुरुष ,२ सय ७४ जना महिला गरि जम्मा ४ सय ७४ जना व्यक्तिले आखा चेकजाँच गरेका नेपाल रेडक्रस सोसाइटी देवस्थलका सभापति पुस्तक बिसिले जानकारी दिनु भएको छ ।

नेपाल सरकारको आर्थिक सहयोग, नेत्र ज्योति राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा सल्लीबजारको आयोजनामा सन्चालन भएको थियो छ । २ दिन सम्म सन्चालन भएको शिविरमा नेत्र ज्योति आँखा अस्पताल रक्षाचौर दाङका डाक्टर सुरेश रसाइली सहित १४ जनाको टिम रहेको थियो ।

आँखा शिविरमा बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका वृद्धवृद्धाहरुले सेवा लिएका छन ।

Facebook Comments