रुकुम पश्चिममा अदालतको आदेशसँगै मदिरा पसलहरू खुलेर बिक्री वितरण सहज भएपछि पुनः अपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमले पुष ५ गते जिल्लामा बिक्री वितरण तथा सेवन गर्न नपाइने निर्णय गरेरको थियो ।
सो निर्णय अनुसार फागुन १६ गतेदेखि मदिरा सेवन तथा बिक्रि बितरण बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आउने ८० प्रतिशत बढी घटना मदिरा सेवनकै कारण हुने गरेको प्रहरी रिपोर्टलाई समेत आधारमा सो निर्णय गरिएको थियो ।
मदिरा व्यवसायीहरूले अनुमति लिएको मदिरा व्यवसाय गर्न पाउनुपर्ने मागसहित उच्च अदालत सुर्खेतमा मुद्दा हालेपछि अदालतले व्यवसायीको पक्षमा अन्तरिम आदेश गरेको थियो । पुनः मदिरा खुला गरेसँगै केही कम भएको अपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।
उहाँका अनुसार मदिरा सेवन खुल्ला रहेको कात्तिक, मंसिर र पुस महिनामा ५५ वटा विभिन्न प्रकृतिका घटना घटेका थिए भने मदिरा बिक्रीमा रोक लगाइएको माघ र फागुन महिनामा ११ वटा मात्र घटना घटेका छन् ।
त्यस्तै, मदिरा सेवन खुलेको चैतको एक महिनामा नै १८ वटा मुद्दा दर्ता भएको छ । जसमा हत्या, बलात्कार, सवारी दुर्घटना, सार्वजनिक अपराध र महिला हिंसाका घटनाहरू छन् । प्रहरीका अनुसार कात्तिक, मंसिर, पुसमा ६६ प्रतिशत, माघ, फागुनमा १३ प्रतिशत र चैत १ गते देखि हाल सम्म २१ प्रतिशत घटना घटेका छन् ।
मदिरा सेवन रोक लगाएको महिना माघ र फागुनमा सबै भन्दा कम घटना घटेको र मदिरा फुकुवा गरिएको चैत महिना नसकिदै घटना बढेको प्रहरीको भनाई छ ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।