• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बजेट निर्माणमा जुट्न मुख्यमन्त्रीको निर्देशन




मुख्यमन्त्री शंकर पोखरेलले तल्ला निकायलाई बजेट कार्यान्वयनमा परिचालनका लागि केन्द्रीत हुन र आगामी वर्षको बजेट तथा कार्यक्रम तयारीमा लाग्न मन्त्रालयको नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत दोश्रो चौमासिक समिक्षा कार्यक्रमको समापनमा निर्देशन दिदै मुख्यमन्त्रीले भन्नुभयो—अबको समय अलि मिहिनेत गर्दा बजेट कार्यान्वयन राम्रो गर्न सकिन्छ । आगामी बर्षको बजेट राम्रो बनाउनका लागि तयारी गर्ने समय हो ।

उहाँले मागका आधारमा नभई प्रतिफल दिने आयोजनामा बजेट विनियोजन गर्ने गरी मन्त्रालयको नेतृत्वले बजेट र कार्यक्रम तयार गर्न निर्देशन दिनुभयो । साना आयोजना स्थानीय तहले गर्ने हो, ठूलो आयोजना संघीय सरकारले गर्र्ने गरी सिफारिश गर्नुपर्छ, मझौला खालका प्रतिफल दिने आयोजनाका लागि बजेट विनियोजन गर्ने गरी तयारी गरौं—उहाँले भन्नुभयो ।

उहाँले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोजना प्रमुख र मातहतका कार्यालय प्रमुखसंग समय मिलाएर नियमित छलफल गर्न र अनुगमनमा मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । नियमित छलफल गर्ने र अनुगमनमा जादा समस्या पहिचान गरी समाधान गर्न सजिलो हुन्छ । त्यसो गर्दा पनि समस्या समाधान गर्न समस्या भए मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई जानकारी दिएर समाधानको लागि पहल गर्न निर्देशन दिनुभयो ।

उहाँले मन्त्रालय र मातहतको कार्यालयमा चाहिने संगठन संरचना व्यवस्थापनका लागि अवधारणा तयार गरी मन्त्रिपरिषदमा छलफलमा ल्याउन निर्देशन दिनुभयो । अहिले माथिबाट तयार गरी पठाएको संगठन संरचनाले कार्यालय व्यवस्थापन र बजेट कार्यान्वयनमा समस्या भएको मन्त्रालयहरुको गुनासो आएपछि मुख्यमन्त्रीले एक वर्षको अनुभवका आधारमा चाहिने संगठन संरचनाको अवधारणा तयार गर्न निर्देशन दिनुभएको हो ।

उहाँले मन्त्रालयगत प्रगति समिक्षा सुनेपछि प्रणालीले विधिलाई खोज्ने, कार्यालय र संगठन संरचना भए नभएको नखोज्ने भएकाले सरकारको कामको जिम्मेवारी र अख्यिारी माथि हुने बताउनुभयो । तल संरचना नभएको अवस्थामा स्वतः माथि जिम्मेवारी र अख्यिारी माथि हुन्छ—उहाँले भन्नुभयो—अनेक समस्या देखाएर बजेट कार्यान्वयनबाट पन्छिन मिल्दैन् ।

Facebook Comments