• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारी कार्यालयका लागि शाहले गरे जग्गा दान




रुकुम पुर्बमा एक ब्यक्तिले दुई सरकारी कार्यालय लाई जग्गा दान गरि दिइएका छन ।

जिल्लाको सिस्ने गाउँपालिका ५ बाहुनठाना निवासी कुलबहादुर शाहले नापी र मालपोत कार्यालय लाई १४ सय ७३ बर्ग मिटर जग्गा दान गरिदिएका हुन ।

जस मध्य ९ सय १ बर्ग मिटर अर्थात १ लाख ३५ हजार १ सय ५० रुपैया बराबरको जग्गा नापी कार्यालय लाई र ५ सय ७२ बर्गमिटर अर्थात ८५ हजार ५ सय रुपैया बराबरको जग्गा मालपोत कार्यालय लाई गरि जम्मा २ लाख २० हजार ६ सय ५० रुपैया बराबरको जग्गा दुई सरकारी कार्यालयको नाममा पास गरिदिएको छ ।

आफुले आफ्नो नाममा रहेकोे साबिक शोभा गाबिस वडा न ७ को कित्ता न ३८ बाट दुई सरकारी कार्यालय लाई निशुल्क रुपमा जग्गा पास गरि दिइएको जग्गा दाता शाहले बताउनु भयो ।
उहाले भन्नु भयो नापी र मालपोत कार्यालयले आफ्नै भवन बनाउनको लागि जग्गा खोजिरहेका थिए ।तर पाउन सकेका थिएन्न दुई कार्यालयले जग्गा नपाए पछि सहयोग गरौ भन्ने हेतुले आफुले जग्गा दिइएको उहाको भनाइ रहेको छ ।

जग्गा दाता शाहले नापिको भवन बनाउनको लागि हाल दिएको जग्गाले पुग्ने तर मालपोतको लागि हालको जग्गा अपुग भएमा फेरि अपुग जग्गा निशुल्क रुपमा उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।

लाखौ जग्गा निशुल्क रुपमा दिएर सहयोग गरेकोमा दुबै कार्यालयका कार्यालय प्रमुखले जग्गा दाता शाहलाई धन्यवाद ज्ञाप्नन गरेका छन । भवन बनाउनको लागि जग्गा खोजिरहेका थियौ । तर पाउन सकेका थिएनौ अब भन्ने आफ्नै जग्गा भएको छ निकट भबिस्यमा नै दुई कार्यालको भवन निर्माणको प्रक्रियामा लाग्ने मालपोत कार्यालयका प्रमुख हरिजङ्ग शाहले बताउनुभएको छ ।

२०७३ सालमा स्थापना भइ हाल नापी र मालपोत कार्यालयले भाडाको घरमा बसेर सिस्ने गाउँपालिका ५ चोकबजार बाट सेवा प्रवाह गरिरहेका छन ।

उक्त जग्गामा भवन निर्माण गरेमा भने यी दुई सरकारी कार्यालय सोही गाउँपालिका ५ मा अबस्थित रहेको जिल्ला प्रहरी कार्यालय नजिकै सर्ने छन ।

Facebook Comments