• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बन्द आव्हान गर्दा विप्लव नै झुक्किए




सरकारले गरेको घोषणा गरेको प्रतिबन्ध र गिरफ्तारीका बिरुद्ध विप्लव नेकपाले चैत १६ गते नेपाल बन्द आव्हान गरेको छ ।

उसले नेपाल बन्द आव्हान गर्दा कक्षा १० को एसइइ परीक्षा प्रभावित नहोस् भनेर शनिवार बन्द आव्हान गरिएको जनाएको छ ।

तर, राष्ट्रिय परीक्षा बोर्डको तालिकाअनुसार शनिवार पनि परीक्षा राखिएको छ ।

परीक्षा तालिकाअनुसार १६ गते शनिवार साधारणतर्फ अनिवार्य स्वास्थ्य, जनसंख्या र वातावरण र संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा राखिएको छ ।

नेकपाका महासचिव विप्लवले विज्ञप्तिमार्फत १६ गते नेपाल बन्द आव्हान गरेका छन् ।

त्यस्तै अन्य संघर्षका कार्यक्रम पनि आव्हान गरेका छन् ।

यस्तो छ विप्लवको संघर्ष तालिका


यस्तो छ एसइइको परीक्षा तालिका

Facebook Comments