• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम महोत्सवमा रौनकता थपिदै




साँस्कृतिक संग्रालयका लागि रुकुम पश्चिममा महोत्सव सुरु भएको महोतसवमा रौनकता थपिदै गएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले जिल्लामा साँस्कृतिक संग्रालय स्थापनाका लागि “प्रथम रुकुम पश्चिम प्रादेशिक कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव” आयोजना गरेको हो ।

महोत्सवको ७ गते कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उद्घाटन गर्नुभएको थियो । महोत्सव १७ गतेसम्म चल्ने छ ।

महोत्सवमा विभिन्न कृषि जन्य उत्पादन, पुराना कृषि औजारका साथै जिल्लाको पर्यटकिय चिनारी सम्बन्धी सामाग्रिहरुको विशेष प्रदर्शनि राखिएका छन् ।

महोत्सवमा स्थानीय मयुर नाच, सिंगारु नाच, पञ्चेबाजा नाच, पैसेरु नाच, पापिनि नाच, सोरठी नाच र भुमे नाचका साथै विभिन्न साँस्कृतिक झाँकिहरु पनि प्रदर्शनिमा गरिएको छ । यसका साथै ब्यापारीक स्टलहरु र राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको साँस्कृतिक प्रस्तुतिहरु रहेका छन् ।

जिल्लाको पहिचानका रुपमा रहेको सिंगारु नाच, पैसेरु नाच, पञ्चेबाजा, मयुर नाच, पापिनि नाच, सोरठी नाच, ख्याली, टप्पा तथा झ्याउरे नाच सहित मौलिक भेषभुषाहरु लोप हुने अवस्थामा पुगेकाले जिल्लामा संग्रालयको आवश्यकता महशुस गरिएको प्रतिष्ठानले जनाएको छ ।

मौलिक लोक कला संस्कृतिको युवा पुस्ताले अनुशरण नगर्दा लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि जिल्लामा साँस्कृतिक संग्रालय निकै महत्वपूर्ण रहेको बताईएको छ ।

उक्त संग्रालय निर्माणका लागि भवन निर्माणको काम आधा भैसकेको छ । तत्कालिन संविधानसभा सदस्य गणेशमान पुनको संसद विकास कोषबाट विनियोजित १० लाख बजेटबाट एक तले भवनको संरचना बनेको छ ।

उक्त भवन निर्माणको बाँकी काम सम्पन्न गर्न र संग्रालयमा राख्ने सामाग्रिको व्यवस्थापनका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवको करिब ७५ हजार दर्शकले अवलोकण गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।।

Facebook Comments