• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रातो टीका लगाएर परीक्षा हलमा यसरी छिरिन शान्ता चौधरी




यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइईमा १५ दिने सुत्केरी देखी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले समेत परिक्षामा सहभागी भएका छन ।

हातमा प्रवेश पत्र निधारमा रातो टीका । परीक्षा हलमा प्रवेश गर्दै गर्दा प्रतिनिधिसभा सदस्य चौधरीले बाल्यकालको सपना पूरा भएको बताउनुभयो । अरु स्कूलले विद्यार्थीसँगै एसइइ परीक्षामा सहभागी भएकी चौधरीले एसइइ मात्रै होइन बुढेसकालमा भए पनि पिएचडी गर्ने सपना भएको बताउनुभयो ।
नेकपाकी सचेतक समेत रहेकी चौधरी आइतबारदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी हुनुभएको छ । तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट चौधरीले परीक्षा दिदैहुनुहुन्छ ।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाई सुरु गर्नुभएको थियो । उहाँ यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिदै हुनुहुन्छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझेर मनैदेखी पढाई गर्नुपर्छ भन्ने भावना उत्पन्न भएसंगै कक्षा ८ देखी पढाई शुरु गर्नुभएको थियो ।

यसबर्ष दाङमा एसइई परिक्षा सञ्चालनका लागि ४४ वटा परिक्षा केन्द्र तोकिएको छ । जसमा ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय दाङले जनाएको छ । जिल्लामा यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी भएका छन ।

Facebook Comments