• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा शर्मा




कर्णाली सरकारले मुख्यमन्त्रीको मुख्य सल्लाहकारमा सल्यानका भीमप्रकाश शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उहाँलाई नियुक्त गरेको हो । शर्मा नेकपा सल्यानका प्रभावशाली नेता मानिनुहुन्छ ।

त्यस्र्तै जनसम्पर्क सल्लाहकारमा जनकनाथ योगी (कालीकोट) र प्रशासनिक सल्लाहकारमा रत्न गाहामगर (दैलेख)लाई नियुक्त गरिएको प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।

बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्विकृती प्रदान गर्ने, प्रादेशिक जडिबुटी तथा शीत भन्डार निर्माण कार्यलाई रास्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न र उक्त कार्यक्रम कार्यान्वयन गर्न श्री जागृति सामुदायिक वन उपभोक्ता समूह भेरीगंगा नगरपालिका वडा नं १०, मदानेचौर सुर्खेतको ६ हेक्टर वन क्षेत्र भोगाधिकार प्रदान गर्न दिने स्विकृतीको लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

Facebook Comments