• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा १२ का विद्यार्थीलाई विदाइ




घोराही उपमहानगर पालिका वडा नं १५ मा रहेको विद्यानिलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ ।

विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम कक्षा ११ का विद्यार्थीहरुद्धारा आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता , एवम विद्यालयका प्रध्यानाध्यापक शरद कुमार शर्माको विशिष्ट आतिथ्यता र विद्यालयका सम्पुर्ण शिक्षकहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उत्घाटन प्रमुख अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले आफ्नो रुची चाहाना अनुसार गरे सबै काम सम्पन्न हुने र शिक्षाले मानिसलाई हरेक परिस्थितिमा उत्प्रेरित गर्ने भएकाले शिक्षालाई निरन्तर दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि एवम विद्यालयका प्रध्यानाध्यापक शरद कुमार शर्मा लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले शिक्षालाई मध्यनजर राखि विदाइ भएर जाने विद्यार्थीहरुको उज्वल भविष्यको कामना समेत गरिएको थियो ।

विदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रमा विभिन्न मनोरञ्जनात्म कार्यक्रमहरु पनि राखिएका थिए । कार्यक्रममा विदाइ भएर जाने कक्षा १२ का छात्रा बसन्ता भण्डारी लगायतले आफ्नो विदाइ मन्तव्य राखेका थिए । कक्षा ११ मा अध्ययनरत छात्रा किरण डाँगीको सभापति एवम कक्षा ११ का छात्र शुशिस घर्ति मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लक्ष्मण वि.कले गर्नुभएको थियो ।

Facebook Comments