• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
को हुन् हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ? (राजनीति प्रवेशदेखि तीन बर्षे जेल जीवनसम्मको नालीबेली)




विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेपछि उहाँको बारेमा जान्ने धेरैलाई चासो हुनुपर्छ । यसै सन्दर्भमा उहाँको संघर्षको संक्षिप्त नालीबेली खोज्ने प्रयास गरिएको छः

रुकुमको त्रिवेणी गाउँपालिका घर भएका ओली नेकपाभित्रका प्रमुख वैचारिक नेताको रुपमा चिनिनुहुन्छ । जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको उच्च तहमा रहिसक्नुभएका उहाँ पार्टी विभाजनपछि लामो समयसम्म प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीहुँदै नेकपा माओवादी केन्द्रमा रहनुभएको थियो ।

सो पार्टीमा असन्तुष्ट भएपछि उहाँले छुट्टै नेकपा न्यूक्लियस गठन गर्नुभएको थियो । त्यसपछि मात्रै उहाँ विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको हो । हाल उहाँ सो पार्टीमा विप्लव, प्रकाण्डपछि तेस्रो बरियतामा हुनुहुन्छ । उहाँ साहित्यिक र दार्शनिक क्षेत्रमा एचपी हिमालीको नामबाट स्थापित हुनुहुन्छ ।

शान्ति प्रक्रियापछि कुनै पनि राजनीतिक लाभको पदमा नपुगेका ओली माओवादी आन्दोलनकै माथिल्लो तहका नेतामध्ये इमान्दार र अध्ययनशील नेताको रुपमा चिनिनुहुन्छ । उहाँ लामो जेल जीवन बिताउने नेतामध्ये एक हुनुहुन्छ । यसअघि जनयुद्धको क्रममा उहाँ २०५५ साल माघ २८ गते बाजुरामा पक्राउ परेर उहाँ २०५८ असार २१ गते रिहा हुनुभएको थियो ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका उहाँ २०३७ सालमा अनेरास्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागीहुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य, २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी हुनुभएको थियो ।

२०५२ साल फागुन १ गते जनयुद्धको शुरुवात गर्दा उहाँ रुकुमको राडी प्रहरी चौकी आक्रमणको कमिसार हुनुहुन्थ्यो भने २०५४ सालमा भारतको हरियानामा भएको बैठककबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो ।

एक बर्षपछि बझाङ र बाजुराम कार्यक्षेत्र भएको बेला जेल पर्नुभएका ओली रिहा भएपछि पुनः २०५५ को गोवा बैठकबाट केन्द्रीय समितिमा सामेल भएर जनयुद्धकालमा कमिसार र राज्यको इञ्चार्जको रुपमा सक्रिय हुनुभएको थियो ।

शान्ति प्रक्रियापछि तत्कालीन राप्ती ब्यूरो इञ्चार्ज हुँदा जनएकता तथा रुपान्तरण अभियानको अगुवाइ गरेका ओली लामो समय मगराज राज्य समिति इञ्चार्जको रुपमा क्रियाशील हुनुहुन्थ्यो ।

Facebook Comments