• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको मध्यकमाण्डमा धक्का: दुइ प्रभावशाली नेतासहित ठूलो संख्यामा पक्राउ




नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित दुइ जना प्रभावशाली नेता गए राति काभ्रेबाट पक्राउ परेका छन् ।

उहाँ हाल मध्य कमाण्ड इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यस्तै पूर्वी ताम्लालिन ब्यूरो इञ्चार्ज बसन्त श्रेष्ठ पनि पक्राउ पर्नुभएको छ । उहाँसहित अन्य कार्यकर्ता पनि पक्राउ परेको स्रोतले जनाएको छ ।

प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले नेताहरुलाई पक्राउ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ पर्नुभएको छ ।

Facebook Comments