• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रहरीले रक्सी फालेको फाल्यै, गाउँमा चाही पारेको पार्यै




सल्यानकोे पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न स्थानीय वजारमा रहेको अवैध घरेलु मदिरा प्रहरीले आज नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज शुसिल रावलको नेतृत्वमा गएको गस्ती टोलिले बनगाड कुपिण्डेको वडा न ५ को शंखपिपल वजार, नाथेखोला त्रिवेणीवजार, वडा न ६ को सुनौली वजार, वडा न १ को सल्लीवजार लगाएत विभिन्न स्थानहरुबाट ८० लिटर मदिरा वरामद गरि नष्ट गरिएको छ ।

घरेलु मदिरा तयार पार्ने राखिएका ११ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक १५० केजी कच्च पदार्थ समेत नष्ट गरेको छ । स्थानीय वजार र घरबाट प्रहरीले थुप्रै मात्रामा घरेलु मदिरा सँगै मदिरा पार्ने भाँडाकुडा बरामद गरेको वताएको छ । सल्यानको पश्चिम क्षेत्रमा अवैध रुपमा घरेलु मदिराका कारण समाज र घरमा झैझगा वढ्न थाले पछि यो अभियान लागु गरिएको हो ।

मदिराकै कारण अधिकांस झैझगाडा हुने गरेको र तेहि प्रकृतिका उजुरी वढि आउने गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ । स्थानीय वजार लगाएत यो अभियान गाउँगाउँ सम्म पुर्याउने इप्रका ईन्चार्ज शुसिल रावलले जानकारी दिनु भएको छ ।

अवैध मदिारा नष्ट गर्ने अभियानमा यतिवेला इलाका प्रहरी कार्यालय सल्लीवजार अग्रसर देखिएको छ । जनप्रतिनीधी, पत्रकार, स्थानीय लगाएतको मुचुल्का र रोवहरमा सवै मदिारा नष्ट गरिएको छ ।
स्थानीयले भने घरेलु मदिरा नस्ट गर्नु पहिला जाड रक्सी राख्ने सम्बन्धि गाउँगाउँमा गएर जनचेतना दिनुपर्ने बताएका छन ।

Facebook Comments