• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शैक्षिक जागरणले मात्र सामाजिक विकृति निमिट्यान्न पार्न सकिन्छ: सभामुख महरा




संघीय संसदका सभामुख कृष्णबहादुर महराले शैक्षिक जागरणले मात्र सामाजिक विकृति निमिट्यान्न पार्न सकिने बताउनुभएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जलजला बहुमुखी क्याम्पसद्वारा आज आयोजित आङ्गिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताउनुभएको हो ।

शिक्षा संविधानतः मौलिक अधिकारका रुपमा स्थापित भइसकेको बताउँदै महराले राज्यको संकल्प गुणस्तरीय शिक्षा भएको र त्यसको प्राप्तिका निम्ति शैक्षिक संस्थाले स्वस्फूर्त पहल गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

क्याम्पस आङ्गिक बन्नु ऐतिहासिक कोशेढुंगा भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि सभामुख महराले शिक्षाको दायित्व राज्यले लिएको उद्घोष गर्नुभयो ।

उहाँले रोल्पा जिल्लाकै शैक्षिक क्षेत्रको नेतृत्वदायी भूमिका खेल्न जलजला बहुमुखी क्याम्पसलाई शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले शैक्षिक गुणस्तर कायम गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न क्याम्पस प्रशासनलाई निर्देशन दिनुभयो ।

उहाँले जलजला बहुमुखी क्याम्पसलाई सँच्चिकै उच्च शिक्षाको उत्कृष्टताको केन्द्र बनाउने गरी प्रयत्न थाल्न अनुरोध गर्नुभयो।

Facebook Comments