नेक्रविक्रम चन्द ‘विप्वव’ नेतृत्वको नेपालले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको जनाएको छ ।
सो पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले विज्ञप्ति जारी गरी केही दिनअघि भएको भनिएको दोहोरो गोली हानाहान गलत प्रचार भएको र पार्टीको सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नभएको बताउनुभएको हो ।
नेता ओलीलाई नै खोज्न भनेर गएको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले काभ्रेको काफलडाँडाबाट केही कार्यकर्ता पक्राउ गरेको थियो । विज्ञप्तिमा उनीहरुलाई रिहा गर्न पनि माग गरिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।