• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुटपिटमा संलग्न नरहेको वडा सदस्यको स्पष्टोक्ति




घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य जंग रोकाले आफू कुनै कुटपिटका घटनामा संलग्न नभएको बताउनुभएको छ ।

वडा नम्बर १८ का केही युवाहरुले मसिनाको बिलौनाबजारस्थित पसलमा तोडफोड गरेको र विवाद भएको भन्ने जानकारी पाएपछि आफू वडा प्रहरी कार्यालयका प्रहरीसँग घटनास्थल पुगेको बताउनुभएको छ ।

उहाँले विज्ञप्ति जारी गर्दै यसमा आफ्नो नाम मुछिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

साथै उहाँले पीडितले संलग्नता नरहेको बताउँदा बताउँदै राजनीतिक पूर्वाग्रहका कारण आरोप लगाइएको पनि विज्ञप्तिमा स्पष्ट गर्नुभएको छ ।

आफू वडा कार्यालयमै काममा रहेको जानकारी दिंदै उहाँले हल्ला गरिएजस्तो कतै फरार नभएको पनि उहाँले बताउनुभएको छ ।

Facebook Comments