• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मध्यपहाडी लोकमार्ग सुचारुः रुकुमपूर्व–बाग्लुङ खण्ड सञ्चालनमा




झण्डै तीन महिनादेखि हिउँका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग मंगलवारदेखि सञ्चालनमा आएको छ । हिउँ हटाएपछि लोकमार्गको रुकुमपूर्व–बाग्लुङ सडक मंगलवारदेखि सञ्चालनमा आएको हो ।

यो सडक राष्ट्रिय गौरवको आयोजा हो । सडक हिउँका कारण पुस महिनादेखि बन्द भएको थियो ।

सात आठ पटकसम्म लगातार हिउँ परेपछि सडक बन्द भएको थियो ।

जसले गर्दा यातायात ठप्प रहेको थियो भने सडक निर्माणको काम पनि प्रभावित बनेको थियो ।

हिउँ अझै नबिलाए पनि मंगलवारदेखि सडक भागको हिउँ हटाएर सडक सञ्चालन गरिएको छ । मंगलबार निर्माण कम्पनीले डोजर लगाएर सडकको हिँउ हटाएको छ ।

यस सडकखण्डमा अहिले सिद्धिसाइ कन्स्ट्रक्सन कम्पनीले कालोपत्रेको काम गर्दैछ ।

तीन महिनासम्म यो सडकमा आवतजावत बन्द भएको निर्माण कम्पनीका इन्चार्ज पुष्पकुमार शाहीले जानकारी दिनुभयो । यो सडक बन्द हुँदा रुकुमपूर्वका नागरिक काठमाडौं जान रुकुमपश्चिम वा रोल्पाहुँदै दाङ–बुटवलको बाटो प्रयोग गर्न बाध्य थिए । दाङ झरेरभन्दा रुकुमपूर्वबाट मध्यपहाडी लोकमार्गहुँदै झण्डै दुइ सय किलोमिटर सडक छोटो पर्दछ ।

यो सडकबाट बाग्लुङ–पोखराहुँदै छोटो दूरीमी काठमाडौं पुग्ने गरिएको छ । यो सडक पूर्णरुपमा कालोपत्रे भए रुकुमपूर्वलाई पोखरासँग जोड्न सके पर्यटन प्रबर्धनको निकै राम्रो संभावाना छ ।

सडक सुचारु भएपछि स्थानीय खुशी भएका छन् । सडक नियमित संचालन हुदा बाग्लुङ बुर्तिबाङ हुँदै भूमेको लुकुम–काँक्री बस नम्बर सञ्चालनमा आउने छन् । रिजर्भ गाडी लिएर भ्रमणको लागि आउने–जानेको चहलपहल पन बढ्ने भूमे गाउँपालिका वडा नम्बर २ काँक्रीका पृथीबहादुर बुढाले बताउनुभयो ।

Facebook Comments