• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अपराधको हदः दुइ बर्षदेखि आफ्नै छोरीमाथि बलात्कार




रुकुम पश्चिममा आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २ वर्ष देखि १७ वर्षिया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षिय एक व्यक्तिलाई पक्राउ गरेको हो । उनले डर, त्रास, धाकधम्की देखाई पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले कसैलाई भनेमा आगो लगाएर मार्ने धम्कि दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । पछिल्लो पटक उनले चैत्र १ गते छोरीलाई बलात्कार गरेको आमाले दिएको निवेदनका आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

श्रीमती माईतीमा गएकी र छोरी बिद्यालयबाटै साथीको घरमा गएको बेला छोरीलाई जबरजस्ती समातेर घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लिएर बलात्कार गरेको निवेदनका आधारमा प्रहरी चौकी पुर्तिमकाँडाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जंगलमा लुकीछिपि बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जवरजस्ती करणिको मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments