• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिपन्न बालबालिकाका लागि ‘शैक्षिक टेवा’




घोराही उपमहानगरपालिका वडा नम्बर ९ ले शैक्षिक टेवा कार्यक्रमअन्तर्गत वडाभित्रका बीस जना बिपन्न तथा जेहन्दार बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

वडाले सोमवार एक कार्यक्रम गरी वडाभित्रका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बीस जना बालबालिकालाई सहयोग गरेको हो ।

एउटा झोला, दुइ दर्जन कापी र दुइ दर्जन कमलका दरले सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख भरत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्याल, बिशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराई, पत्रकार नरेन्द्र केसीलगायतले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्याल, नरेदेवी मावि तेघराका प्रअ कमलबहादुर खड्कालगायतले बोल्नुभएको थियो ।

वडा सदस्य मधुमति गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सामाजिक परिचालक सीता चौधरीले गर्नुभएको थियो । कार्यक्रममा प्रावि त्रिवेणी र प्रावि अस्परीका ६÷६ तथा मावि तेघराका ८ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

Facebook Comments