• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समथर सडकमै दुर्घटनाः एकको मृत्यु, ३५ घाइते




दाङमा आज भएको बस दुर्घटनामा परी एक जनाको मृत्युभएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् ।

घोराही–होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहको मौलाकोट जाने चोकनजिक दुर्घटना भएको हो । रोल्पा बागमाराबाट घोराही आउदै गरेको बस दुर्घटना हुदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ बर्षीय हर्कबहादुर पुनको मृत्यु भएको छ ।

ना ४ ख ६०९४ नम्बरको बस तीब्र गतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिए । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ ।

Facebook Comments