• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारी नगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रको पत्र




रुकुम पश्चिम चाैरजहारी नगरपालिकालाई राष्ट्रिय सतर्कता केन्द्रले चिठी पठाएको छ । सतर्कता केन्द्रमा दर्ता भएको उजुरीको अाधारमा चाैरजहारी नगरपालिकालाई चिठी पठाएको हाे ।

नगरपालिकाले नियुक्त गरेका सल्लाहकार र श्रम सहकारीको बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले चिठी पठाएको र त्यसकाे लिखित जवाफ पठाउने तयारी थालेको नगरपालिकाले बताएको छ ।
नगरपालिकाले नियुक्त नगर प्रमुख बिशाल शर्मा र उपप्रमुख राधा राेकाका राजनीतिक सल्लाहकार र प्रमुखका स्वकीय सचिव कानुन सम्भवत नियुक्त नभएको र हाजिर नलगाएर तलब लिइरहेको र उपभोक्ता समिति गठन नगरी श्रम सहकारी मार्फत याेजनाकाे भुक्तानी दिएको भनी राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको र त्यसैकाे जवाफकाे लागि चिठी नगरपालिकामा अाएकाे निमित्त प्रशासकीय अधिकृत ताराबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले १ बर्ष अघि नगर प्रमुखको राजनीतिक सल्लाहकार टेकबहादुर गिरी , स्वकीय सचिव उपेन्द्र बिसि र उपप्रमुखकाे राजनीतिक सल्लाहकार पुष्प बादीलाई नियुक्त गरेको थियाे । नियुक्त भएका तिनै जनाले नायब सुब्बा सरहको तलब नगरपालिकाबाट बुझिरहेका छन् निमित्त प्रशासकीय अधिकृत कुँवरले भने उहाँहरुलाई कानुन अनुसार नियुक्त गरिएको हाे कि हाेइन त्याे मलाई पनि थाहा छैन् ।

तिनै जानाले हाजिर नलगाएरै तलब लिएको स्विकार्दै उनले भने हाजिर लगाउन भनेपनि उहाँहरुले मान्नु भएको छैन् अब हाजिर लगाएर मात्र तलब दिन्छौं ।

श्रम सहकारी मनाेमानी एक्लाैटी गठन गरेको र त्यसकाे अध्यक्ष नगर प्रमुखका राजनीतिक सल्लाहकार टेकबहादुर गिरी रहेको बिषयमा पनि चिठीमा जवाफ मागिएको र चिठीकाे लिखित जवाफ पठाउने तयारी गरिरहेकाे निमित्त प्रशासकीय अधिकृत कुँवरले बताउनुभयो ।

Facebook Comments