• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा राष्ट्रिय मानव अधिकार आयोगको छलफल




राष्ट्रिय मानव अधिकार आयोगद्वारा एक दिने नागरिकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । रुकुमपूर्व भूमे गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम गरिएको थियो । स्थानीय नागरिक, शिक्षक, यूवा क्लव, आमा समूह लगायतको वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग ५ नम्बर प्रदेश शाखा कार्यालय नेपालगञ्जले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा मानव अधिकार बारे, स्थानीय स्तरको अवस्था र कार्यन्वयन तथा नागरिकले पाउनु पर्ने अधिकार आयोगको काम कर्तव्य विषयमा अन्तरक्रिया चलेको हो । सहभागीबाट उठेका जिज्ञाशाको समाधान मानव अधिकारी मार्फत नै गरिएको थियो ।

स्थानीय स्तरका नागरिकको अवस्था के छ, स्थानीय सरकारले मानव अधिकार कार्यन्वयन गरिराखेका छन् कि छैन् र नागरिकले पाउनु पर्ने मौलिक हकको बारेमा प्रस्ट बुझाउनको लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज शाखा कार्यालयका प्रमुख चन्द्रकाण्त चापागाईले बताउनुभयो ।

गर्ववस्था देखि मान्छेको मरण अवस्था सम्ममा मान्छेले पाउनु पर्ने अधिकार राज्य वा समाजबाट पाउने नैसर्गिक अधिकार सुनिचित विश्वले नै गरेको छ प्रमुख चापागाईले भन्नुभो । स्वास्थ्य, शिक्षा, गासबास, श्रम जस्ता राज्यबाट हुने सेवा सुविधाको समान व्यवहारमा हुनुपर्दछ यदि कानूनमा भएको व्यवस्था अनुसार नागरिकले सेवा पाएन् भने मानव अधिकार आयोगले अनुसन्धान गरेर अधिकार दिने चापागाईले सहभागीलाई जानकारी गराउनुभयो ।

कानूनले व्यवस्था गरेको अधिकारबाट कसैले पाउनु भएको छैन् भने अधिकार दिने हो तर मानव अधिकार भन्दा हिंसात्मक कार्यमा संलगन हुने नागरिकलाई पनि सझाय दिने गर्दछ मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका अधिकृत मानबहादुर कार्कीले जनाउनुभयो । ‘कसैले मानव अधिकारलाई कुञ्चित गरिराखेको हो भने मानव अधिकार आयोगले हनन गर्न दिदैन् उहाँले भन्नुभो,’ अहिले पहिलो चरणमा यहाँका स्थानीय सरकार तथा नागरिकसँग सुप्रेक्षण भेटघाटसँगैको अन्तरक्रिया कार्यक्रम रहेको हो ।’

सबैले कानूनको परिपालनामा रहेर आफ्नो काम कर्तव्य गर्नु पर्नेमा भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जोड्दिनुभयो । ‘पालिका मानव अधिकार व्यवस्था बमोजिमको कानून र बजेट छुट्याएर काम गरिराखेका छ ।’ मानव अधिकारबाट नै मानव विकास हुने भएकोले विभिन्न शिर्षकमा बजेट निर्माण गरेर काम गरिराखेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

Facebook Comments