• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शैक्षिक हडतालको कारण परीक्षा प्रभावित




रुकुम पश्चिम सानिभेरी गाउँपालिका भित्रका ४५ वटा विद्यालयको वार्षिक परीक्षा प्रभावित भएको छ । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण परीक्षा प्रभावित भएको हो ।

गत चैत्र १ गते बाट संचालन गरिएको गाउँपालिका स्तरीय कक्षा १ देखी ९ सम्मको बार्षिक परीक्षा दिन विद्यालय पुगेका झन्डै ८ हजार विद्यार्थी घर फर्किएका छन् ।

हड्तालका कारण स्थगित गरिएको परीक्षालाई अन्तिम दिन चैत्र १२ गते गराउने सानीभेरी गाउँपालिकाको परीक्षा समितिले बताएको छ ।

अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थी नेताहरुलाई सरकारले गिरफ्तार गरेको विरोधमा देशैभर शैक्षिक संस्था हडताल गरेको जनाइएको छ ।

Facebook Comments