• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कलाकारितासँगै सामाजिक सेवा




रुकुम पश्चिम सानीभेरीमा जन्मिएर काठ्मान्डौंबाट कलाकारिता क्षेत्रमा जमेका दुई कलाकार किरणबाबु पुन र तिलक परियार पछिल्लो समयमा सामाजिक सेवामा तल्लिन छन् । रुकुमको कला संस्कृतिलाई जगेर्ना तथा पुराना संस्कृतिको उत्थान गर्न यि दुइ गाएकको महत्वपूर्ण देन रहेको छ ।

बालापन देखिकै मिल्ने यि दुइ साथी कलाकारिता क्षेत्रमा संगै हातेमालो गर्दै आए भने अहिले सामाजिक सेवामा पनी उत्तिकै तल्लिन छन् ।

करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका सानिभेरी ९ का कृष्ण ओली, रगत क्यान्सर भएर थलिएकी सानिभेरी ३ कि जमुना नकाल, रुखबाट लडेर आधा शरिर नचल्ने मुसिकोट ११ कि खिमा पुन तथा पुर्वी रुकुम सिस्ने गाउँपालिकाका बोन म्यारोले थलिएका भुपेश नाथ जस्ता उपचार गर्न आर्थिक अभावमा रोमलिएका गम्भीर प्रकृतिका रोगी व्यक्तीहरुको जीवन बचाउन आर्थिक सहयोगको अभियानमा यि दुई रुकुमेली कलाकार तल्लिन छन् ।

गाएक किरणबाबु पुन र तिलक परियारको युट्यूव च्यानल तथा फेसबुक मार्फत सहयोगी मन भएका नेपालीहरुलाई सहयोगको आह्वान गर्दै विरामी दुखीहरुको जीवन बचाउन दिनरात खटेका छन् यि दुई कलाकार ।

हामीले उहाँहरुको कथा व्यथा सबै नेपाली सम्म पुर्याउदा उहाँहरुको जिवन बाँच्छ भने किन हामीले आफुले सक्ने सहयोग नगर्ने भन्ने महान सोच बनाएर अघी बढेको यि दुई कलाकारले बताउछन् । उनिहरु मेला महोत्सबमा आफ्नो कलाकारीता मार्फत सबैलाई मनोरञ्जन दिन जहाँ जान्छन त्यहाँ आर्थिक अभाबले उपचार गर्न नसकेर थलिएका विरामीहरुलाई आर्थिक सहयोगको आह्वान गर्छन् ।

पछिल्लो समय उनि दुई कलाकारहरुको अगुवाईमा देश विदेशबाट आर्थिक सहयोग जुटि रहेको छ । र त्यि आर्थिक अभावमा उपचार गर्न नसकेका विरामीहरु जीवन बाच्ने झिनो आशा मनमा पलाएको छ ।

सहयोगका लागि

दिपेन्द्र गहतराज(जमुना नकाल,गहतराजको श्रीमान)
ग्लोबल आइएमई बैंक खाता नम्बर ०१०८०१००२००५७
सम्पर्क नम्बर ९८५७८९०२५२,९८६६८३७८५९
भुपेश नाथ Nic Asia Bank A/C No:- 1787655007524001
फोन नम्बर :- 9812863445
खीमा पुन फोन नम्बर :- 9814568295
खाता नम्बर :- एनाआइसी बैंक ११८७०२४२८६५५२४०१

Facebook Comments