• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा सांस्कृतिक उत्सवकै रुपमा मगर भेषभूषा प्रदर्शन (भिडियासमेत)




दाङको घोराहीमा सांस्कृतिक महोत्सवकै रुपमा मगर भेषभूषा प्रदर्शनी गरिएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा पुरुषतर्फ पूर्णजङ पुन प्रथम र त्रिलोक पुन द्धितीय तथा महिलातर्फ खुशी पुन प्रथम र प्रेरणा रोका द्धितीय भएका छन् ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महरा, बिशिष्ठ अतिथि घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सिता सिग्देल न्यौपानेलगायतले बोल्नुभएको थियो ।

समितिका कोषाध्यक्ष सुरश बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन महासचिव प्रकाशसिंह पुनले गर्नुभएको थियो । कार्यक्रमका लागि घोराही उपमहानगरपालिका १४ ले बिशेष सहयोग गरेको थियो भने अन्य विभिन्न संस्था र व्यक्तिले पनि सहयोग गरेका थिए ।

कार्यक्रममा दाङका विभिन्न मगर वस्तीबाट आएका मगर सांस्कृतिक कार्यक्रमको साथै थारु, गुरुङ, मधेशी समुदायको समेत प्रतिनिधित्वमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सो अवसरमा अतिथिको रुपमा जनवादी कलाकार झंकार बुढालगायतले प्रस्तुति दिनुभएको थियो ।

Facebook Comments