• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपमहानगरकै प्रहरी चौकीमा छैन सञ्चार सुविधा




कुनै ठाउमा कुनै घटना भने भने तपाई सबैभन्दा पहिले खबर गरिन्छ प्रहरीलाई । तर, प्रहरीले नै प्रयोग गर्ने सञ्चारको अवस्था भने निकै कमजोर छ दाङको घोराही उपहानगरभित्रकै एक प्रहरी चौकीमा ।

कुनै पनि सञ्चार नेटवर्कले काम नगर्दा घोराही उपमहानगरपालिका १९ स्थित दुई खोली प्रहरी चौकीमा मोबाइल झुण्ड्याउनकै लागि छुट्टै बाँसको खाँबोको ब्यवस्था गरिएको छ । त्यति गर्दा अलि अलि टावर देखिए पनि पूर्णरुपमा भने कुराकानी गर्न संभव हुँदैन ।

‘केही घटना हुँदा खबर गर्नुहोस् भने नागरिकलाई नम्बर दिएका हुन्छौं तर फोनको यो हालत छ’– प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सागर घर्तीले भन्नुभयो– ‘सञ्चार सुविधा नहुँदा कार्य सम्पादनमा समस्या आउने गरेको छ ।’

जसले गर्दा कतै केही घटना भइहाल्यो भने नागरिक आफै दौगडेर प्रहरीलाई सम्पर्क गर्नुपर्ने अवस्था छ । ‘भौगोलिक विकटताका कारण यो ठाउँमा कतै पनि फोनले टावर दिदैन’– प्रसनि घर्तीले भन्नुभयो– ‘कतै केही घटना भए पनि हामीलाई निकै कठिन परिरहेको छ ।’

सञ्चारबाट बन्चित भएका कारण यो क्षेत्रमा जति सुबिधा दिन पर्ने हो, त्यति दिन नसकेको उहाँले बताउनुभयो । ‘समयमै सूचना नआउँदा कति अपराध भएलगत्तै अभियुक्त फेला पार्न समस्या हुने गरेको छ’– उहाँले भन्नुभयो– ‘ घटना भएको समयमै थाहा हुदैन, हामीलाई निकै नै समस्या परिरहेको छ ।’

यो बिषयमा पटकपटक माथिल्लो तहमा जानकारी गराएको र स्थानीय जनप्रतिनिधिलाई आग्रह गरिरहेको उहाँले बताउनुभयो । ‘तर, अहिलेसम्म पनि संचारको क्षेत्रमा हामीलाई सहज गराउने गरी कुनै उपाय आएको छैन’– उहाँले गुनासो गर्नुभयो ।

बासको खाँबोमा अहिले कार्यालयको फोन लगायत मोबाइमा कुरा गर्नका लागी अन्य प्रहरीको पनि मोबाइल फोन प्लास्टिकको झोलामा झुन्ड्याउने गरेका छन् । प्रहरी मात्र होइन, यस क्षेत्रका स्थानीयवासीको पीडा पनि उस्तै हो । दाङजस्तो सुगम जिल्लाको मुटु मानिने घोराही उपमहानगरपालिकाको बासिन्दा भएको आफूहरुले अनुभव गर्न नपाएको स्थानीयको गुनासो छ ।

उपहानगरपालिकालाई उपमहानगरकै कर तिरे पनि सेवा सुविधामा भने दुर्गमको जस्तो पीडा भोग्नुपरेको स्थानीयको भनाइ छ ।

आजको युगमा पनि यो निकै नै जटिल समस्या बन्न पुगेको र अबको दुइ महिनाभित्रै यो समस्याको समाधान गर्ने घोराही उपमहानगरपालिका १९ का वडा अध्यक्ष हर्क घर्तीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘भौगोलिक विकटताका कारण घोराही उपमहानगरपालिका १९ नम्बर वडाको अधिकां ठाउमा कुनै पनि नेट्वर्कले राम्रो काम गर्दैन, त्यसमा पनि प्रहरी चौकीकै यो हविगत देख्दा हामी जनप्रतिनिधिलाई पनि लाजको बिषय बनेको छ’– उहाँले भन्नुभयो– ‘यो निकै संवेदनशील बिषय भएकाले हामी लाग्नेछौं, दुइ महिनाभित्रै यो समस्या समाधान गर्ने छौं ।’

Facebook Comments