• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा सहिद परिवारलाई सम्मान




रुकुमपूर्व भूमे गाउँपालिकामा आज सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भूमे गाउँपालिकाले पालिकाका स्तरीय महान जनयुद्ध तथा जनआन्दोलनका सहिद परिवारहरु प्रति सम्मान तथा अभिनन्दन कार्यक्रम राखेको थियो ।

विगत सशस्त्र युद्धको क्रममा राज्यबाट भूमे गाउँपालिकामा १ सय ८ जना मारिएका थिए । युद्धमा ज्यान घुमाएका सहिद परिवारलाई सम्मान कार्यक्रम (नेकपा) भूमे गाउँपालिकाले राखेको थियो । जसमध्यका आज ४३ जना सहिद परिवारको उपस्थिति रहेको थियो । उपस्थिति सहिद परिवारलाई अविर तथा डोजाले सम्मान गरिएको हो ।

यसै आर्थिक वर्षमा सहिद परिवारको नाममा ३० लाख रकम सहकारी संस्थामा सेयर लगानीमा बजेट वियोजन गरिदिएको कार्यक्रमका प्रमुख अतिथि तथा भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘मरिङ बहुउद्देश्य सहकारी संस्थामा सहिद तथा घाईते अपाङ्ग परिवारको नाममा सेयर लगानी गरिएको छ ।’ भूमेका जनप्रतिनिधिले पनि सेयर लगानी गरिदिने निर्यण गरिसकेको छ ।

पालिका अध्यक्षले ५० कित्ता, उपाध्यक्ष ४५ कित्ता, कार्यपालिका सदस्य ३० कित्ता र २० कित्ता वडा सदस्यले सेयर लगानी गर्ने अध्यक्ष बुढाले जानकारी दिनुभयो । ‘पालिकाको पहलमा प्रदेश नम्बर ५ सरकारको १५ लाख, गाउँपालिकाले ४ लाख र सहकारीले ५ लाख लगानी गरी २४ लाखको रकममा सहकारीमा उन्नत गाई पालन गर्ने भएको छ बुढाले भन्नुभो,’ सहिद परिवारलाई सेयर लगानी गरेको प्रमाण पत्र वितरण गरी सेयर लगानी गरिएकोे फाइदा सहिद परिवारलाई दिने अध्यक्ष बुढाले भनाई राख्नुभयो ।

अहिलेको रचनात्मक विकास क्रम अगाडि बदिराखेको १० वर्षिय जनयुद्ध तथा जनआन्दोलमा ज्यान घुमाएका महान सहिदको कारणले मात्र सम्भव भएको अध्यक्षले भन्नुभो । सहिदको सपना र सहिद परिवारको भावनालाई आफूले सदैव सम्मान र साकार गर्ने समेत अध्यक्षले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जनताको हित र विकासको अधिकार प्राप्तीको लागि क्रान्तिमा ज्यान घुमाएका सहिद र सहिद परिवारलाई सम्मान गरिएको कार्यक्रमका विशेष अतिथि तथा (नेकपा) रुकुमपूर्व जिल्ला समिति अध्यक्ष होमप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘देशको लागि लडेका सहिदको कारणले अहिले विकासको खुट्कीलो चढिराखेको छ,’ पहिलाका विकासको सपना कोरिएको समिक्षा गरेर काम पूरा गर्ने छौँ श्रेष्ठको भनाई रहेको थियो ।’ सम्मान लाखको रकमले सम्मान हुने होइन कार्यक्रममा मार्फत समाजको समस्यालाई समिक्षा गरेर विकास भयो भने ठूलो सम्मान मिल्ने श्रेष्ठले जोड्दिनुभयो ।

सहिद परिवारका तर्फबाट भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), वडा नम्बर २ अध्यक्ष नरबहादुर बुढा र कार्यपालिका सदस्य नमिता पुनले पहिलेको पार्टी संचालन र अहिलेको पार्टी संचालनमा केहि दूरी ताधा रहेकोमा पार्टी नितृत्व प्रति गुनासो व्यक्त गर्नुभयो ।

भाषण होइन रासन पु¥याइदिनेमा ध्याकर्षण गराउनुभो,’ सहिद परिवारलाई संगठित गरेर समस्याको आधारमा विशेष हेरभचाह गरिनु पर्नेमा भनाई प्रकट गर्नुभयो ।

गाउँगाउँमा सिंहदरबार स्थापना गर्नमा महत्वपूर्ण योगदान पु¥याएका विगत सशस्त्र युद्धको क्रममा राज्य पक्षबाट मारिएकाहरुका परिवारलाई सम्मान कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्षता तथा (नेकपा) भूमे गाउँपालिका अध्यक्ष रुपधन बिकले बताउनुभयो ।

‘परिवर्तन आउनुमा सहिदको योगदान हो ।’ सहिद परिवारलाई सम्मान कार्यक्रम भूमे गाउँपालिकाको सभा हलमा गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संचालन वेदना बुढा मगरले गर्नुभएको थियो ।

Facebook Comments