• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपामाथि प्रतिबन्धः सत्तारुट नेकपाभित्र असन्तुष्टि




नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ नेकपा केन्द्रीय सचिवालयका बहुमत सदस्यहरुले असन्तुष्टि जनाएका छन्।

यति गम्भीर राजनीतिक विषयमा पार्टीभित्र कुनै सल्लाह नगरी सरकारले निर्णय गरेको भन्दै नेकपाका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका हुन्।

स्रोतका अनुसार, सरकारको निर्णयका सम्बन्धमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार विहान खुमलटारस्थित निवासमा केन्द्रीय सचिवालयका सदस्यहरु भेला भएका थिए।

प्रचण्ड निवासमा भएको भेलामा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए।

प्रम ओली निकट भनेर चिनिएका उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल भने सो छलफलमा सहभागी थिएनन्।

यसैगरी विदेश भ्रमणमा रहेकाले गृहमन्त्री रामबहादुर थापा बादल पनि प्रचण्ड निवासमा भएको भेलामा सहभागी थिएनन्।

नेकपा केन्द्रीय सचिवालय ९ सदस्यीय छ, ती मध्ये अध्यक्ष प्रचण्डसहित ५ जना बुधबार विहानको भेलामा सहभागी थिए।

विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकीकाम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको स्रोतले बतायो ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलबिनै एकपछि अर्को निर्णय गर्न थालेको र त्यो गलत हुने भन्दै असन्तुष्ट नेताहरुले अध्यक्ष प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । खुमलटारको भेट लगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेका छन् ।

वालुवाटार स्रोतका अनुसार प्रचण्डको आग्रह अनुसार प्रधानमन्त्री ओलीले बिहिबार असन्तुष्ट चार शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय गरेका छन् । बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्नेछ । साथै, एकीकरणका बाँकी काम छिटो टुंगाउन गृहकार्य पनि सुरु हुने बताइएको छ ।

Facebook Comments