• ६ चैत्र २०८०, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिरामी गिद्धको उद्दार गरी उपचार




दाङको तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीबाट फेला परेको विरामी गिद्धको उद्दार गरी उपचार शुरु गरिएको छ ।

तुलसिपुर १२ स्थित माबि हरिपौराको परिसरमा विरामी गिद्ध फेला परेको शिक्षक चुर्णबहादुर रावतले जानकारी गराएपछि पर्याबरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले उद्दार गरेको हो ।

केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत तथा कर्मचारीहरु दिपेन्द्र लामिछाने र क्षितिज रावत घटनास्थल पुगेर गिद्धको उद्दार गर्नुभएको थियो ।

प्राथमिक उपचारपछि विरामी गिद्धलाई घोराही १९ स्यालापानीस्थित गिद्ध रेष्टरेन्टमा राखिएको छ ।

विरामी तथा घाइते गिद्धहरुको उपचारका लागि रेष्टुरेन्टमा उपचार कक्ष राखिएको छ । केही दिन त्यसमै राखेर उपचार गरिने अध्यक्ष रावतले जानकारी दिनुभयो ।

Facebook Comments