• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उच्च रक्तचापले शान्ता चौधरी बोल्दाबोल्दै बेहोश




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोश हुनुभएको छ । विहान ९ बजे बहोश भएकी चौधरी एक घण्टापछि होशमा आएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।

दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मंगलबार मन्तब्य ब्यक्त गर्नेक्रममा रिंगाटा लागेपछि उहाँलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजादै गर्दा बाटोमा बेहोश भएको र सलाइन चढाएपछि एक घण्टापछि होशमा आएको उहाँले जानकारी दिनुभयो । अहिले सामान्य अवस्थामा आएकी चौधरीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

चिकित्सकहरुले उच्च रक्तचापका कारण उहाँ बेहोश भएको जनाएका छन् । यसअघि संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि चौधरी उच्च रक्तचापका कारण बेहोश हुनुभएको थियो ।

Facebook Comments