• १५ बैशाख २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुुरको विकासमा प्रचण्ड सकारात्मक, शिक्षालय उद्घाटन गर्न आउने




तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौ दाहाल निवासमै भेट गरेका हुन् ।

भेटका क्रममा तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट यहाँको समग्र विकास र वृहत्तर योजना सञ्चालनका वारेमा छलफल भएको नगरप्रमुख पाण्डेले वताए ।

“तुलसीपुर विमानस्थलमा इन्धन डिपो स्थापनादेखि रनवे विस्तारका वारेमा पनि छलफल भएको छ ” नगरप्रमुख पाण्डेले वताए । सो अवसरमा अध्यक्ष दाहालले तुलसीपुरको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

“तुलसीपुरसँग मेरो युद्धकालिन सम्झनाहरु पनि जोडिएका छन् यस ठाउँमा वृहत प्रकृतिका योजना निर्माणमा मैले आवश्यक पहल गर्नेछु” अध्यक्ष दाहालको भनाईलाई उद्यृत गर्दै नगरप्रमुख पाण्डेले वताए ।

तुलसीपुर उपमहानगरपालिकाले यसै वर्षबाट शुभारम्भ गर्न थालेको तुलसीपुर बहुप्राविधिक शिक्षालयको भवन शिलन्यासका लागि तुलसीपुर आउने प्रतिवद्धता समेत दाहालले गरेको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले वताएका छन् ।

उपमहानगरपालिकाले चैतको अन्तिम साता शिक्षालयको भवन शिलन्यास गर्ने कार्यक्रम राखेको छ ।

Facebook Comments