• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारी महोत्सवको पाँच लाख बचत




चौरजहारीमा १० दिनसम्म चलेको साँस्कृतिक महोत्सवको आयब्यवय सार्वजनिक गरिएको छ । आयोजक उद्योग वाणिज्य संघ चौरजहारीले पत्रकार सम्मेलन गरेर महोत्सवको आययव्य सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोष ओलीले प्रस्तुत गरेको आयव्ययमा ३४ लाख ४१ हजार ८ सय ४९ रुपैयाँ आय रहेको छ भने २९ लाख ३९ हजार ५ सय ९१ रुपैयाँ व्यय रहेको छ । जसमा आयोजक उद्योग वाणिज्य संघ चौरजहारीलाई ५ लाख २ हजार २ सय ५८ रुपैयाँ फाइदा भएको छ ।

पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले महोत्सवबाट सोचेजस्तो आम्पादनी नभएकोले जुन उदेश्य अनुसार महोत्सव सञ्चालन गरिएको थियोे त्यो उदेश्य पूरा गर्नमा कठिनाइ सिर्जना भएको बताए । उनले भने हामीले महोत्सव सञ्चालनबाट राखिएका उदेश्यमा उद्योग वाणिज्य संघको भवन निर्माणको काम अहिले भइरहेको छ जसको लागि प्रयाप्त रकम नभएकोले सहयोगी संस्थाहरु खोजिरहेका छौँ ।

सार्वजनिक शौचालय अपेक्षा अनुसार रकम संकलन भयो भने बनाउने भनेका थियौं हुन् सकेन् , कुनै सहयोगी निकाय जुटे भने त्यो पनि बनाउने छौँ । चौरजहारी नगरपालिकाले मेला महोत्सवहरु सञ्चालन गरे वाफत लिने कर पनि नलिएको महोत्सव आयोजकले बताएको छ ।

रुकुममा सञ्चालन हुने महोत्सवहरुको बर्षौसम्म पनि आयव्यय सार्वजनिक नगर्ने संस्कारलाई अन्त्य गर्दै महोत्सव सञ्चालन भएको केही समयमै आयब्यय सार्वजनिक गर्नु राम्रो पक्ष भएको स्थानीयको भनाइ छ ।

Facebook Comments