• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटना रोक्न सडकमै चालकको आँखा परीक्षण




दुर्घटना न्युनिकरणका लागि रुकुम पश्चिममा पहिलो पटक चालकको आँखा परिक्षण गरिएको छ । आँखा उपचार केन्द्र सल्लेले जिल्ला ट्राफिक प्रहरी कार्यालय संगको समन्वयमा विभिन्न सवारी साधन चालकको आँखा परिक्षण गरेको हो ।

जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका ४ शितलपोखरीमा बस, जीप, ट्रक, ट्याक्टर, पिकअप भ्यान, मोटरसाईकल लगायतका सवारी साधन चालकको आँखा परिक्षण गरिएको आँखा उपचार केन्द्र सल्लेका सहायक इन्चार्ज पहलसिंह ओलीले जानकारी दिनुभयो ।

आँखाको समस्याका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै जिल्लामा पहिलो पटक सडकमै सवारी चालकको आँखा परिक्षण गरिएको उहाँले बताउनुभयो । आँखा सहित चालकको ब्लड प्रेसर पनि परिक्षण गरिएको छ ।

१ सय ३५ जनाको आँखा तथा प्रेसर जाँच गरिएकामा २ जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने र एक जना चालकमा आंशिक रुपमा मात्र रंग छुट्याउन सक्ने समस्या देखिएको छ । २० जना चालकले भने चस्माको प्रयोग गर्नुपर्ने देखिएको सहायक इन्चार्ज ओलीले बताउनुभयो ।

अधिकांश चालकहरुमा प्रेसरको समस्या देखिएको छ । परिक्षण गरिएका मध्ये ९५ प्रतिशत चालकमा उच्च रक्तचापको समस्या देखिएको आँखा उपचार केन्द्रका इन्चार्ज मञ्जु बोहराले बताउनुभयो । ‘परिक्षण गरिएका मध्ये २०, २२ जना चालकमा आँखाको समस्या देखियो, उहाँले भन्नुभयो–तर चालकहरुमा प्रेसरको समस्या भने उच्च देखियो ।’

चालकहरुको आँखा र रक्तचाप परिक्षण सहित आवश्यक औषधि पनि वितरण गरिएको छ । यसका साथै आँखा र रक्तचापको नियमित परिक्षण गर्नका लागि परामर्श समेत दिईएको थियो । यस कार्यक्रमलाई अव निरन्तरता दिईने आँखा उपचार केन्द्रले जनाएको छ ।

पहिलो पटक चालकको आँखा परिक्षण कार्यक्रम संचालन गरिएको र यसबाट अन्य चालकमा पनि यस्तो कार्यक्रमको आवश्यकता देखिएकाले यस कार्यक्रमलाई निरन्तरता दिईने केन्द्रको भनाई छ ।।

Facebook Comments