• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बल्ल खुल्यो सहिदमार्ग तर खुलेन मध्यपहाडी लोकमार्ग




भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध शहीदमार्ग हप्ता दिनयता पानी पर्न छाडेपछि सञ्चालनमा आएको हो ।

शहीदमार्ग खुलेपछि विशेषगरी भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीलाई यात्रामा सहज भएको छ । शहीदमार्ग भएर भुमेको काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हँुदै घोराही, नेपालगञ्ज, काठमाडौं पुग्न यात्रुलाई सहज भएको छ ।

काँक्रीबाट शहीदमार्ग भएर घोराही जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । तर, शहीदमार्ग अवरुद्ध भएपछि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको थियो । शहीदमार्ग खुलेसँगै लामो बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । काँक्रीबाट घोराही र घोराहीबाट काँक्रीका लागि दैनिक एक÷एक गाडी सञ्चालन हँुदै आएका छन् ।

जिल्लाको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिबाङ सडकखण्डमा थुप्रिएको हिउँ नपग्लिँदा डेढ महीनायता यातायातका साधन ठप्प छन् । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा भुमे गाउँपालिका–२ काँक्रीदेखि बुर्तिबाङ हुँदै पोखरा, काठमाडाँैसम्म चल्ने यातायातका साधन चल्न सकेका छैनन् । उच्च भेगमा पर्ने सडकमा पटकपटक बाक्लो हिमपात भएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

Facebook Comments