• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुर युवा क्लबको अधिवेशन, अध्यक्षमा पुनः पुन




घोराही १८ स्थित नवलपुर युवा क्लबको अध्यक्ष पुनः दीपक पुन निर्वाचित हुनुभएको छ । प्रथम साधारणसभा तथा अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पुनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा कुमानन्द शर्मा आचार्य, सचिव सन्देश पौडेल, सहसचिव किशोर पौडेल र कोषाध्यक्ष जीवन घर्ती रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा गोविन्द चौधरी, अनोज घर्ती, चित्रबहादुर चौधरी, अनुप पौडेल, पुष्पा घर्ती, पार्वता पोख्रेल, बिक्रम चौधरी र सम्राट पुन रहनुभएको छ ।

लोकतान्त्रिक बिधिबाट उम्मेदावरी आव्हान गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । आवश्यक पदभन्दा बढी उम्मेदवारी परे पनि सहमतिका आधारमा केहीले उम्मेदवारी फिर्ता लिएपछि सहमतिबाट कार्य समिति चयन गरिएको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिनुभयो ।

अध्यक्ष पुनको अध्यक्षता र वडा सदस्य बुद्धिप्रकाश चौधरीको प्रमुख आतिथ्यमा साधारणसभा भएको थियो । कार्यक्रममा अम्बापुर जग्गा एकीकरण उपभोक्ता समितिका उपाध्यक्ष बिष्णु पुन, नवलपुर ‘ख’ टोल विकास संस्थाका अध्यक्ष कृष्ण आचार्य, सुनौलो विहानी टोल विकास संस्थाका प्रतिनिधि सूर्यचन्द्र रानालगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष जीवन घर्ती मगरले आयब्यय प्रस्तुत गर्दै केही समयअघि भएको केशरसिंह श्रेष्ठ आमन्त्रण नलपुर कप फूटबलमा ७ लाख ५९ हजार आम्दानी र ५ लाख ६३ हजार खर्च भएको जानकारी दिनुभयो ।

सहसचिव कमल रावतले संस्थाले गरेका गतिबिधि र आगामी योजना पेश गर्नुभएको थियो । उपाध्यक्ष कुमानन्द शर्मा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव सन्देश पौडेलले गर्नुभएको थियो ।

Facebook Comments