• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिम दाङमा यसरी मनाइयो अन्तरास्ट्रिय श्रमिक महिला दिवस




बबई गाउँपालिकाको आयोजनामा “लैङिक समानताका लागि समान सोच र व्यबहार समृद्धिको आधार” भन्ने नारा सहित महिला दिवस विविध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न भयो !

गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माको अध्यक्षता तथा अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि ने.क.पा.का प्रदेश सदस्य भीम बहादुर वलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिला मुक्तिको पर्व भएको बताउदै महिला मुक्ति आन्दोलन पुरुष विरोधी आन्दोलन नभएको र महिला पुरुष एकसाथ अघि बढनुपर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य प्रमोद धितालले बलात्कारीहरु उत्पादन गर्ने स्रोत समाज भित्रै भएकोले हरेक परिवारले बाल्यकाल देखि नै सन्ततिहरुलाई समानता र अधिकारको पाठ पढाउनुपर्ने बताउनुभयो । महिला अधिकार्कर्मी सुमित्रा राना, अन्जु घर्ती, तारा भण्डारी र रुपा रानाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा “बाल बिबाह न्यूनीकरणमा समुदायको भुमिका” विषयक खुला बक्तृत्वकला प्रतियोगिता र लोक गीत प्रतियोगिताहरु सम्पन्न भएका थिए । बक्तृत्वकलामा पार्वती शर्मा, लक्ष्मी न्यौपाने, सपना भण्डारी र सुस्मा के.सी. क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुभएको थियो । त्यसैगरी लोक गीत प्रतियोगितामा कल्पना वि.क., सरस्वती वली, जानकी खड्का र कल्पना के.सी. क्रमस: प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुभएको थियो ।

महिला जन प्रतिनिधि टेकी वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन दीपा के.सी.ले गर्नुभएको थियो ।

Facebook Comments