• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रयोगात्मक तालिम: खेती गर्ने नौलो बिधि




रुकुमपूर्वमा एक संस्थाले खेतीको लागि प्रयोगगात्मक तालिम दिएको छ । बहुउद्देश्यीय सामुदायिक विकास सेवा संस्थाले सोमबार देखि बिहिबार चार दिन तालिमको आयोजना गरेको थियो । उक्त संस्थाको कार्यालय भूमे गाउँपालिका २ खेबाङमा रहेको छ । ३१ जनाको सहभागीलाई खेबाङमै तालिम दिइएको हो ।

संचालित भएको व्यवसायिक तरकारी खेती तालिम दुई दिन छलफल तथा ठ्याउरिकल पदाई र दुई दिन प्रयोगगात्मक तालिम गरिएको थियो । अनौठो लाग्ने जस्ता तर खेतीपाती गर्नेमा नौलोपन ज्ञान पाएको प्रशिक्षार्थी जिता घर्तीले सुनाउनुभयो । बालीमा रोग किरा लागेमा आफैले बनाउन सकिने जनजीवनको स्वास्थ्यलाई कुनै पनि असर नगर्ने विषादी उत्पादन गरि प्रयोग गर्न सकिने रहेछ बनी नौलोपन खेती गर्ने विधि थाहा पाएको खुसी बताउदै सोहीअनुसार खेती गरि उदाहरणीय कामको ठालनी गर्ने घर्तीले भन्नुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थी छलफल गरि प्रयोगगात्मक मार्फत तालिम गर्दै गर्दा खेतीमा अब नयाँपनबाट कृषि खेती गर्न सकिने रहेछ भन्दै हर्षितका साथ ध्यानपुर्वक प्रयोगगात्मक तालिम गरिराखेका थिए । टनेल सहितको तरकारी लगाउने नर्सरी, बीउ रोपने तरिका, स्थानीय विषादी, झोल मल बनाउने र प्रयोग, मलजलको प्रयोग लगायत बाली लगाउने काम प्रयोगगात्मक तालिम पाएका हुन् ।

भूमे गाउँकार्यापालिका सदस्या श्याम सुन्दर सुनार पनि तालिममा सहभागी हुनुहुन्थ्यो । किन तपाईं तालिममा सहभागी हुनुभएको प्रश्नमा उहाँले पालिकाले मुख्या कृषि उत्पादन गर्ने नीति अपनाएकोले परम्परागत कृषि शैलीले लक्ष्य अनुसारको बाली उत्पादनमा वृद्धि विकास नबएको हुदा आफूबाट नै तालिम प्राप्त गरेर पाएको तालिम अनुसार कृषि खेती गरेर समाजलाई उत्पादनमा उत्पेरित गर्नेमा आफू लागेको कार्यापालिका सदस्य सुनारको अभिव्यक्ती रहेको थियो ।

व्यवसायिक तरकारी खेती सम्बन्धी संस्था मार्फत गठित आमा समूह र कृषक समूहलाई तालिम संचालन गरिदिएको कार्यालय प्रमुख ईश्वरप्रसाद अधिकारीले बताउनुभयो । संस्थाले कृषि, स्वास्थ्य, शिक्षा तथा जिविको पार्जनसँग जोडिएका आयआर्जन मुलक तालिम साथै व्यक्ती शसक्तीकरण जस्ता कार्यक्रम समुदायमा दिने संस्थाको उद्देश्य रहेको र उक्त उद्देश्य अनुसार काम गरिराखेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । संस्थाले पहिला सम्भाव्यता अध्यन गरेर प्रत्येक्ष समुदायको समस्या देखिएको आधारमा जसअनुसार नै कार्यक्रम संचालित रहेको अधिकारीको भनाइ रहेको छ । स्थानीय सरकार र सम्बन्धीत वडासँगको समन्वयमा काम गरिराखेको हो ।

तालिमको प्रशिक्षण भूमे गाउँपालिकाका कृषि शाखाका कृषि सहायक प्राविधिक खिमबहादुर रोकायले सहजिकरण गरिदिनु भएको थियो । स्थानीय स्रोतबाट नै खेतीमा आवश्यक पर्ने मल देखि लिएर रोगको लागि आफैले विषादी उत्पादन गरेर अर्गानिक स्वास्थ्यकर अन्न टन्न फलाई जिविको पार्जन कृषिबाट सजिलै गर्न सकिने कृषि प्राविधिक रोकायले बताउनुभयो ।

संस्थाको शाखा गत मंसिर महिनाबाट खेबाङमा स्थापना भएको हो । चार वर्ष सम्ममा भूमे गाउँपालिका वडा नम्बर २ भित्रका क्षेत्रमा मात्र काम गर्ने परिचालक मदन बुढाले जानकारी दिनुभयो । चार महिनाको अवधिमा समूह गठन, समस्याको पहिचान र गर्न सकिने समाधानको कार्य योजना तय गरि दुई ओटा खानेपानी योजना साढे दुई लाख र पाँच लाख बजेट बराबरका योजना निर्माण कार्य शुरु गरिएको छ ।

निशुल्क स्वास्थ्य सम्बन्धी दुई दिने तालिम र चार दिने कृषि तालिम गरिसकेको छ । चैत महिनामै पशुपालन सम्बन्धी तालिम संचालन गर्ने र गठित समूह बाहेक अरु व्यक्तिले सम्पर्क दिएमा उसलाई समेत निशुल्क तालिममा सहभागी गराउने कार्यालयले जनाएको छ । आज सहभागी सबैलाई उन्तजातका विभिन्न नौ ओटा पोकेटका तरकारी बीउ सहित सिंचाईको लागि हजारी र स्पेयर सामाग्री वितरण गरिएको थियो ।

Facebook Comments