• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलेदेखि नै उपेक्षा हुदै आएको छ: अध्यक्ष पुन




रुकुम पश्चिम सानिभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले देश भरका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई पहिले देखिनै सरकारले उपेक्षा गर्दै आएको बताउनु भएको छ ।

उहाँले महिला स्वास्थ्य स्यंसेविकाहरुलाई उपेक्षा गर्नुमा आफ्नो मात्र दोष नभएर पुरानै सरकारको गल्ती भएको बताउनु भयो ।

अध्यक्ष पुनले पहिले देखिनै सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई सेवा सुविधाबाट बन्चित गराएको आरोप समेत लगाउनु भयो ।

महिला स्वास्थ्य स्यंसेविका विना लाइसेन्सका डाक्टर भएको र फिल्ड स्तरबाट थुप्रै अनुभब बटुलेर दिनरात समाज सेवामा लाग्ने निस्वार्थ समाजसेवी भएको बताउनुभयो ।

सानिभेरी गाउँपालिकाले महिला महिला स्वास्थ्य स्यंसेविकालाई प्रोत्साहन गर्न केहि रकम विनियोजन गरिएको र आगामी दिनहरुमा उहाँहरुले गरेको समाज सेवालाई उच्च मूल्यांकन गर्ने समेत बताउनु भयो ।

सानिभेरी गाउँपालिका वडा नं ३ मा गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी २ दिने तालिमको अवलोकण गर्दै अध्यक्ष पुनले यस्तो भन्नुभएको हो ।

विगत २६ वर्षदेखि अनवरत रुपमा निस्वार्थ भावनाले आफुहरुले निशुल्क सेवा गरेको र आगामी दिनहरुमा सानीभेरी गाउँपालिकाले आफुहरुले गरेको कामको कदर गर्न माग गरेका छन् ।

गाउँपालिका भित्र जम्मा ३९ जना महिला स्वास्थ्य स्यंसेविका रहेको र सवै निशुल्क सेवा गरिरहेको महिला स्वास्थ्य स्यंसेविका वडा नं ३ कि कृष्णा ओली केसी ले बताउनु भयो ।

Facebook Comments