• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जवरजस्ती करणीको आरोपमा शिक्षक पक्राउ




आफ्नै विद्यार्थीलाई जवर जस्तिकरणि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्तीज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्कालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त विद्यालयमा पशु प्राविधिक विषय अध्यान गर्दै गरेकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

सोहि विद्यालयमा पशु प्राविधिक पढाउँदै आएको खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पिडितले उजुरी दिएपछि पक्राउ गरिएको बताइएको छ ।

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जंगलमा जबरजस्ति करणी गरेको प्रहरी बताएको छ ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

Facebook Comments