• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा खाद्य तथा गुण नियन्त्रण कार्यालय स्थापना




दाङमा आज एक कार्यक्रमका बिच खाध तथा गुण नियन्त्रण कार्यालय स्थापना गरिएको छ । तुलसिपुरको रजौरामा स्थापना भएको कार्यालयको बिहिबार एक कार्यक्रमका बिच तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले सयुक्त रुपमा उदघाटन गर्नुभएको थियोे ।

कार्यालय प्रमुख तथा खाध अनुसन्धान अधिकृत बिबेक बन्जाराको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुकमा नयाँ कानुन लागू भए पछि हरेक निकायमा प्रदेस र सङघ स्तरिय कार्यालयहरु स्थापना भैरहेको भन्दै बजार अनुगमन र निरिक्षण लाई प्रभाबकारि बनाउन यस कार्यालयले भुमिका खेल्ने बताएका छन । उनिहरुले जिल्लाका बजारहरुमा हुने गरेका नकारात्मक
गतिविधि र गुणस्तर हिन बस्तुहरु फेला परेमा यसै कार्यालयले मुद्दा समेत चलाउने अधिकार समेत कार्यालयलाई प्राप्त भएको बताएका छन ।

हिजो हामी दुई दिन लगायर नेपालगन्ज जानुपर्ने समस्या थियो ।आज आफ्नै नगरमा कार्यालय स्थापना गरिएको छ यसले गर्दा समय पनि बजत भयो अनि पैसा पनि कम खर्च हुने भयो तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले भन्नुभयो “ । नबिकरण र गुणस्तर मापन गर्ने सस्था दाङमा स्थापना भएको भन्दै यस क्षेत्रका उधोगि ब्यबसायिहरुले खुसि ब्यक्त गरेका छन ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले कार्यालय स्थापना सङै बजार अनुगमन र विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मदत पुग्ने बताउनुभयो ।

उहाले कार्यलय स्थापना सङै ल्याब सञ्चालन गर्नका लागि उपमहानगरपालिकाले भौतिक समरचना निर्माण देखि जग्गा ब्यबस्थापन गर्न पहल गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बजार अनुगमन र चेतना अभिबृद्दि गर्न थप सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा वडानम्बर ६ का अध्यक्ष नबराज लामिछाने ,तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरु रावत लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण ब्यबसायि नरेन्द्र वलिले गर्नुभएको थियोे ।

Facebook Comments